लन्डन । स्थानीय केन्ट पुलिस, काउन्सिल र डार्टफोर्ड नेपाली समाज तथा शिख कम्युनिटीको संयुक्त आयोजनामा डार्टफोर्डमा ’सुरक्षा सचेतना कार्यक्रम’ सम्पन्न भएको छ ।
कार्यक्रममा केन्ट पुलिसका तर्फबाट चिफ इन्स्पेक्टर निल लाउडनले चोरी लुटपाटका घट्ना र त्यसबाट कसरी सतर्क हुने भन्नेबारे जानकारी गराएका थिए । उनले ‘सबै जनता प्रहरी सबै प्रहरी जनता’ भन्ने कुरालाई ब्यवहारमा लागू गर्न सबै समुदायसँग मिलेर काम गर्ने प्रतिवद्धता जाहेर गरे ।
मेट्रो बैंकका प्रतिनिधिले आफ्नो गरगहना र मुल्यवान वस्तु सुरक्षित तरिकाले ब्यवस्थित गर्नेबारे जानकारी दिए । डार्टफोर्ड काउन्सिल कम्युनिटी सेफ्टी म्यानेजर टोनी हेन्लीले सुरक्षा चुनौती र सतर्कताका बारेमा प्रस्तुति दिएका थिए ।
दुई महिना पहिले चोरी र लुटपाटका विषयमा डार्टफोर्ड नेपाली समाजको तर्फबाट समाजका महासचिव बेद भट्टराईले काउन्सिल र केन्ट पुलिसको विशेष मिटिङमा रिपोर्टिङ गरेको र सोहीको नतिजा स्वरुप उक्त कार्यक्रम गरिएको जानकारी काउन्सिलर तथा पूर्व मेयर अवतार सन्धुले गराए ।
उक्त कार्यक्रममा चोरी र लुटपाटबाट बच्न वाटरमार्क, सेफ्टी अलार्म, चाइल्ड सेफ्टी डिभाइ, लकर लगायतका साधनहरुको प्रदर्शन तथा वितरण गरिएको थियो ।
उल्लेख्य उपस्थिति देखेर केन्ट पुलिस कम्युनिटी लियाजन अफिसर सोनी रान्ध्वा तथा अभृल मुरले प्रसन्नता ब्यक्त गरेका थिए । नेपाली समुदायको तर्फबाट केन्ट पुलिसमा जागिर खान इच्छुकहरुलाई आवेदन दिन समेत अनुरोध गरिएको थियो ।
डार्टफोर्ड नेपाली समाज र गोर्खा कम्युनिटी गरी करिव ५० जना र शिख समुदाय समेत गरी झण्डै १०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रम डार्टफोर्डमै पहिलो पल्ट डार्टफोर्ड नेपाली समाजको पहलमा भएको हो ।
आगामी दिनमा डार्टफोर्ड नेपाली समाजले गर्ने हरेक कार्यक्रमहरुमा केन्ट पुलिस र डार्टफोर्ड काउन्सिलको सहयोग र साथ रहने जानकारी उक्त कार्यक्रममा दिइएको थियो । यस क्षेत्रमा विगत १५ वर्षदेखि नेपालीहरुको बसोबास रहंदै आएको र गत ५-६ वर्ष यता हरेक वर्ष २-३ वटाको दरले चोरी र लुटपाटका घटना भए पनि संस्थागत रुपमा पुलिस प्रशासन, काउन्सिल, बैंक लगायत संस्थाहरुलाई एक ठाउँमा ल्याई सुरक्षा सचेतना कार्यक्रम पहिलोपटक गरिएको सो कार्यक्रमका मुख्य योजनाकार तथा समाजका महासचिव बेद भट्टराईले जानकारी दिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार