बेलायत । नेपाली प्रतिभा प्रतिस्ठान बेलायतले बाह्रौँ अभिव्यक्ति शृङ्खलाको लागि गीतकार तथा कवि जानु काम्वाङलाई मञ्च प्रदान गर्ने भएको छ । अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको बैठकले काम्वाङलाई छनोट गरेको हो । यस वर्षको अभिव्यक्ति शृङ्खला आगामी १४ सेप्टेम्बर २०१९ को दिन हाइवेकम, मिडल्याण्डमा आयोजना गर्ने संस्थाले जनाएको छ ।
गीतकार तथा कवि जानु काम्वाङ बेलायतकी सक्रिय स्रष्टा हुन् । गीत, कविता बाहेक कथा, नियात्रा, मुक्तक र गजल विधामा सशक्त कलम चलाउदै आएकी काम्वाङको कवितासङ्ग्रह ‘शिविरमा ईश्वर’ (सन् २०१६), गीति एल्बम ‘अनुभव’ (सन् २०१६), ‘जानु’ (सन् २०१८) र कथासङ्ग्रह ‘नउघ्रेको जुन’ (सन् २०१८) प्रकाशित भइसकेको छ ।
यसैगरी गीतिसंङ्ग्रह, नियात्रा र उपन्यासजस्ता महत्वपूर्ण कृतिहरू प्रकाशोन्मुख छन् । बाल्यकालदेखि साहित्यमा रूचि राख्ने जानु काम्वाङको फुटकर रचनाहरू बेलायतबाट प्रकाशित हुने सबै पत्रपत्रिकामा प्रकाशित हुंदै आएको छ । काम्वाङ गीति लेखनको क्षेत्रमा एक सशक्त हस्ताक्षर हुन् । उनको गीत दुई सयको संख्यामा रेकर्ड भइसकेका छन् । ‘भने बेचिदिन्थे यो जवानी’ (चलचित्र मट्टिमाला), ‘कैयौं प्यासी रातहरू’, ‘तिमी भित्रभित्रै’ र ‘यस्तो एउटा संसार…’ जस्ता गीतहरू निकै लोकप्रिय छ ।
जानु काम्वाङको गीतमा राजेशपायल राई, मेलिना राई, सन्जीवनी, प्रमोद खरेलदेखि नेपाल आइडलका प्रथम विजयी सीडी विजय अधिकारी, श्रेयसी चेम्जोङ, सुनिता थेगिम, बबिना किराती, सुजन तिगेला र मीना निरौला लगायतका थुप्रै लोकप्रिय कलाकारको स्वर छ ।
काम्वाङ साहित्य लेखन संगसंगै सामाजिक संघसंस्थाहरूमा पनि सकृय रहंदै आएकी सामाजिक कार्यकर्ता हुन् । उनी हङकङ नेपाली मञ्च युकेको उपाध्यक्ष हुन् भने ताप्लेजुङ समाज युकेको महासचिवको कार्यभार सम्हालिरहेका छन् ।
यसैगरी, याक्थुम माङ्गेना चुम्लुङ, युकेको सचिव छन् । नेपाल पत्रकार महासंघ युके शाखाको सदस्य र नेपाली प्रतिभा प्रतिस्ठान बेलायतको आजीवन सदस्य पनि छन् उनी । यसैगरी गीतकार संघ नेपालको आजीवन सदस्य र बेलायत संयोजक पनि हुन् । सामाजिक सेवासंगै पत्रकारिता पनि उनको अर्को कार्यक्षेत्र पर्दछ । बेलायतबाट प्रकाशित हुने साप्ताहिक पत्रपत्रिकाहरू र अनलाइनमा काम्वाङको समाचार र लेखहरू प्रकाशित हुंदै आएको छ ।
नेपाली प्रतिभा प्रतिस्ठान बेलायतले स्थापना कालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति शृङ्खला आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरी उनको सृजनाहरू प्रस्तुत गर्दै आइरहेको छ ।
सन् २००८ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरी अभिव्यक्ति शृङ्खला सुरू गरिएको थियो । सन् २००९ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई, सन् २०१० मा कवि तथा कथाकार टंक वनेम, सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ, सन् २०१२ मा कवि तथा गजलकार अञ्जु अञ्जली, सन् २०१३ मा गायक नोर्देन तेन्जीङ भुटिया, सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा, सन् २०१५ मा कवि तथा कथाकार रक्ष राई, सन् २०१६ मा कवि तथा गीतकार निर्मला परिवेश राई, सन् २०१७ मा कवि डा रूपक श्रेष्ठ र सन् २०१८ सालमा साहित्यकार गणेश राईलाई अभिव्यक्ति शृङ्खलामा मञ्च प्रदान गरिएको थियो ।
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?