
इंग्ल्याण्ड फुटबल एसोसिएसनको न्याशनल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सलेलाई सम्मान गर्दै राजदूत डा. सुवेदी । तस्विर- मिलन तमु
लन्डन । बेलायती भूमिमा नेपाली राष्ट्रिय फुटबल टिमले खेल्ने ऐतिहासिक घोषणा भएको छ । आउंदो वर्ष ३० मे, २०२० का दिन इंग्ल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिमबीच अल्डरसट टाउन फुटबल क्लवमा खेल हुने घोषणा गरिएको हो । त्यस्तै सन् २०२१ मा इंग्लिस फुटबल टोलीले नेपाल गएर खेल्ने भएका छन् । इंग्ल्याण्ड फुटबल एसोसिएसनले उक्त मैत्रीपूर्ण खेलमा ३० हजार भन्दा बढि दर्शक अपेक्षा गरेको छ ।
बेलायत नेपाल सम्बन्धको २०३ वर्षको इतिहासमा अन्य हरेक ‘डेलिगेसन’ भएपनि फुटबल खेलाडी आउन लागेको यो पहिलो हो । यसअघि ‘दि होम अफ क्रिकेट’ भनिने लन्डनस्थित लर्डस्मा नेपाली क्रिकेट टिम दुई पटक आएर एमसीसी र नेदरल्यान्ड्सबीच टी टवान्टी त्रिकोणात्मक खेल खेलिसकेको छ ।
लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सांझ आयोजित नेपाल विकास सम्मेलनको छैठौं श्रृंखलामा इंग्ल्याण्ड फुटबल एसोसिएसनको न्याशनल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले उक्त घोषणा गर्दै नेपाली फूटबल टोलीले वेम्ली स्टेडियम भ्रमण गर्ने, नेपाली दूतावासले सो टोलीको सम्मानमा विशेष स्वागत समारोह आयोजना गर्ने तथा सो भ्रमणलाई फुटबल तथा नेपाली संस्कृतिको महोत्सवको रुपमा मनाइने पनि बताए ।
जोन्सले इंगल्याण्ड फुटबल एसोसिएसनले नेपालमा फुटबलको विकासमा सघाउन एन्फालाई प्राविधिक सहयोग तथा परामर्श दिने पनि बताए । उनले इंगल्याण्ड फुटबल एसोसिएसनले ब्रिटेनमा बसोबास गर्ने सबै एसियाली समुदायहरुसंग सहकार्य गर्न चाहेको बताउंदै यसबारे यसै महिना दोश्रो एसियाली समावेसी योजना सार्वजनिक गरिने जनाए । फुटबल खेलले मानिस र समुदायलाई जोड्ने विश्वास जोन्सको छ ।
नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले यस घोषणाले जनता जनताबीचको सम्बन्ध विस्तार, बेलायतका नेपालीबीच एकता एवं दुई देशको सम्बन्ध थप सृदृढीकरण र पर्यटन प्रवर्धन गर्ने विश्वास व्यक्त गरे ।
‘खेलको माध्यमबाट पनि दुई देशबीचको कुटनीतिक सम्बन्ध अगाडि बढाउने सोच मैले बनाइरहेको थिएं’, राजदूतले भने, ‘यो खेलमात्र होइन, भविष्यमा नेपाली युवा खेलाडी र खेलको विकासमा बेलायतको आर्थिक तथा व्यवसायिक सहयोगका लागि ‘एमओयू गर्ने तयारी पनि छ ।’
लन्डन आएर खेलेपछि नेपालको क्रिकेट खेलको विकासमा सकारात्मक प्रभाव परिरहेको बताउंदै राजदूतले यहां आएपछि फुटबल खेलाडीले अनुभव र ‘एक्सपोजर’ पाउने उल्लेख गरे । दूतावासले मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डको राष्ट्रिय खेलाडी पनि समावेश गर्न ‘नेगोसिएसन’ भइरहेको जनाएको छ । इकान्तिपुर
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?