लण्डन । नेपाली सांस्कृतिक समाज युकेले २२ अप्रिल साँझ लाइभ कन्सर्ट गरेको छ । लिभरपुल आइरिस कम्युनिटी सेन्टरमा कन्सर्ट भएको हो ।
उक्त कार्यक्रममा समाजको आमन्त्रणामा नेपालदेखि आएका ख्यातिप्राप्त कलाकारद्वय हिमाल सागर र आशिष सचिनको बेजोड प्रस्तुति रह्यो । कन्सर्टमा दर्शकहरु धित मरुन्जेल नाचे ।
समाजका संस्थापक अध्यक्ष गोपाल अधिकारीले विशुद्ध नेपाली कला र संस्कृतिलाई बेलायती समाजमा प्रवर्धन गर्ने उद्देश्यका साथ नेपाली नयाँ वर्ष २०७६ का दिन ‘नेपाली सांस्कृतिक समाज युके’ स्थापना गरिएको जनाए ।
उनले समाजले अब देखि स्थानीय स्तरमा नेपाली सिने कलाकारसम्मको उत्पादन गर्ने र समाजले निकट भबिष्यमा नै लिभरपुलमा नेपाली परम्परागत पञ्चे बाजा पनि प्रवर्धन गर्ने जनाए ।
अधिकारीले समाजको बेलायती समाजसँग पनि विशेष सम्बन्ध रहेको बताउँदै समाजको कार्यकारिणी समिति गठन भएको समेत बताए ।
कार्यक्रम संचालिका श्रीमती कृष्णा गुरुङले समाज विदेशमा रहेका नेपाली र तिनका सन्ततिहरुका लागि मार्गदर्शक बन्ने बताइन् ।
अन्तमा उपाध्यक्ष नेत्र खरेलले यथाशीघ्र समाज आफ्नो अभियानतिर अग्रसर हुने प्रतिवद्धता ब्यक्त गर्दै सबै नेपालीहरुलाई एकजुट भई नेपाली कला संस्कृतिको जगेर्ना तथा प्रवर्धन गर्न आव्हान गरे ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय