
लण्डन । गैरआवासीय नेपाली संघ यूके उपाध्यक्ष शुशिला राईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
विगत एक दशकदेखि संघमा आवद्ध राईले एनआरएनए यूकेको निर्वाचन मिति तय भएपछि आगामी कार्यकालका लागि अध्यक्ष पदमा दावी गरेकी हुन् ।
यसै साता नोटिङहाममा सम्पन्न गैरआवासीय नेपाली संघ बेलायतको बैठकले आगामी सेप्टेम्बर १४ र १५ मा निर्वाचन गर्ने निर्णय गरेको थियो ।
सन् २००७ सालदेखि गैरआवासीय नेपालीको सहयोगी बन्दै आएकी राईले एनआरएनए यूके महिला संयोजक भई महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी छिन् । आफूलाई दिइएको जिम्मेवारी सफलतापूवर्क सम्पन्न गर्न सफल राईले हालै नेपालका तराईका जिल्लामा हावा हुरीबाट पीडित नेपालीलाई सहयोग संकलन गरि नेपाल पठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । ‘एनआरएनए मार्फत समाजमा गरेको कार्यले मलाई निकै अनुभवी बनाएको छ’- राईले भनिन्, ‘मैले हासिल गरेको अनुभव र अग्रजको सल्लाह अनुसार समाजसेवा गर्न मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुं ।’

गैरआवासीय नेपालीलाई नेपाली नागरिकताको निरन्तरता, बेलायतमा कार्यरत गोर्खालाई समान पेन्सनका लागि गरिएका आन्दोलन, सर्लाहीका द्धन्द्धपीडित बालबालिकाका लागि भवन निर्माण, डोटीमा आङ खस्ने महिलाहरुलाई आर्थिक सहयोग, वोनम्यारो क्यान्सर पीडित क्रिस्टिना सुनवारलाई पाँच लाख रुपैयाँ भन्दा बढी सहयोगलगायत थुप्रै सामाजिक काममा उनीले नेतृत्व गरेकी थिइन् । ‘महिलाले पनि अवसर पाउँदा नेतृत्व गर्न सक्छन भन्ने देखाउन मेरो उम्मेदवारी हो’- राईले भनिन् ।
नेपालमा प्रजातन्त्र प्राप्तिका लागि आन्दोलन गर्ने जननायक रामप्रसाद राईकी नातिनी शुशिला राईले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुअघि पत्रकार सम्मेलन मार्फत घोषणा पत्र सार्वजनिक गर्ने बताइन् ।
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?