लण्डन । मगर संघ युके युएचएसबी शाखाले ट्रष्टी र सल्लाहकार चयन गरेको छ । शाखाकी अध्यक्ष श्रीमती हेमा रानाको अध्यक्षता र सचिव बीर बलालको सन्चालनमा भएको सो बैठकले शाखाको रिक्त सदस्य पदहरुमा पार्वती थापा काउचा, जमुना राना र सुनिता भुजेललाई चयन गरेको हो ।
त्यस्तै ट्रष्टीमा हेमा राना, बीर बलाल, गणेश बुढाथोकी, मेजर रि कुलबहादुर थापा, क्या रि ताम ढेँगा र ओमप्रसाद थापालाई चयन गरिएको छ । सल्लाहकारहरुमा लेख राना, क्या रि बीरबहादुर थापा, टेक थापा, नरेश थापा, बेल बुढाथोकी, हीरा पुन र श्रीमती पदम थापा चयन भएका छन् ।
बैठकमा हालै मगर संघ युकेको केन्द्रीय अध्यक्ष पदमा चयन भएकामा सुनिल राना र उनकी धर्मपत्नी मगर लेडिज कमिटीकी संस्थापक संयोजक गोमा राना एवं मगर संघ युकेकी नवनिर्वाचित उपाध्यक्ष छविमाया पुनलाई खादा र पुष्पगुच्छाले शुभकामना दिइयो ।
यस्तै शाखाको मगर महिला कमिटीकी अध्यक्ष भीमा ढेँगाको अध्यक्षतामा बसेको बैठकले सल्लाहकारहरूमा नरमती पुन, छबिमाया पुन, गोमा राना, पदम थापा, जमुना गर्बुजा, मीना राना, शान्ति थापा, सीता थापा, हरिकला थापा र हेमा राना चयन भएका छन् । साथै बैठकले नयाँयुवाहरूसित कसरी प्रभावकारी सहकार्य हुन सक्छ भन्दै युवाहरूको सुझाव संकलन गरेको थियो ।
बेलायतमा हरेक वर्ष हुने नेपाली ओपन कन्सर्ट यही आउँदो जुन १ मा हुन गइरहेकोमा त्यसलाई भव्यरुपमा सफल पार्न शाखाले के कसरी सहयोग पुरयाउन सकिन्छ भन्ने बारेमा वृहत छलफल गरेको थियो । सोही कार्यक्रमका निम्ति पहिलो दिनमै घ्द्द,छण्घ संकलन गरिएको थियो । कोषाध्यक्ष गणेश बुढाथोकीले हरहिसाव प्रस्तुत गर्दै सबैलाई संस्थाको सदस्य बन्न र आउँदो नेपाली ओपन कन्सर्ट भब्य सफल बनाउन आव्हान गरेका थिए ।
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?