लन्डन । एनआरएनए यूकेकी उपाध्यक्ष एवं महिला सामाजिक अभियन्ता पुनम गुरुङले एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । संघको सोमबार नोटिङहाममा सम्पन्न बैठकले निर्वाचन मिति तोकेसंगै पुनमले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । एनआरएनए यूकेको अधिवेशन सेप्टेम्बर १४-१५ तारिख तय भएको छ ।
‘एनआरएनए यूकेमा उपाध्यक्ष भएपछि मैले धेरै कुरा सिक्न र बुझ्न पाएं । आफ्नो अनुभवसंगै स्रोत साधन तथा अग्रज अभियन्ताहरुको सुझाव सल्लाहमा म अध्यक्ष लड्ने निष्कर्षमा पुगेकी हुं’- उनले भनिन् ।
उनले आफ्ना एजेण्डासहित थप कार्यक्रम छिट्टै सार्वजनिक गर्ने बताएकी छन् । ‘मेरो उम्मेदवारी महिला वा जनजाती भएकै आधारमा नभइ संघलाई हाँक्न सक्ने आत्मविश्वासले आएको हो’-उनी भन्छिन् ।
‘अग्रजहरुको सल्लाहमा सबैलाई समेट्ने गरी अगाडि बढ्ने मेरो सोच छ’, उनले भनिन् ‘महिला हक हित, वेलफेयर, लगानी, नागरिकतासहित संघले अगाडि बढाइरहेका हरेक मुद्दामा मेरो क्रियासिलता रहने छ ।’
डेढ दशक बढि समयदेखि बेलायत बस्दै आएकी पुनम यहाँ हुने हरेक जसो सामाजिक गतिबिधिमा सक्रिय छन् । उनी विभिन्न सामाजिक संघसंस्था र व्यवसायमा समेत संलग्न छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार