लण्डन । ब्रिटेन नेपाल प्रज्ञा परिषद्को आयोजनामा स्कटल्याण्डको एडिनवरामा १७ औँ नेपाल अध्ययन दिवस सम्पन्न भएको छ ।
अप्रिल १५ र १६ गरि दुईदिन चलेको अध्ययन दिवसको स्थानीय संयोजन रोयल बोटानिकल गार्डेन र एडिनवरा विश्वविद्यालयले संयुक्त रुपमा गरेका थिए । पहिलो दिन रोयल बोटानिकल गार्डेनमा कार्यक्रम भएको थियो भने दोस्रो दिन विश्वविद्यालयमा । सहभागीहरुलाई रोयल बोटानिकल गार्डेनको नेपाल खण्डको भ्रमण पनि गराइएको थियो ।
परिषद्का अध्यक्ष डा. कृष्ण अधिकारीका अनुसार सो अवसरमा विभिन्न ८ विधामा ३२ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । प्रस्तुत कार्यपत्रहरुलाई कला र सँस्कृति, मानसिक स्वास्थ्य, राजनीति, विकास, लिंग र सामाजिक परिवर्तन शीर्षकमा विभाजन गरी छलफल चलाइएको थियो ।
अध्ययन दिवसमा नेपाल, स्पेन, नर्वे र डेनमार्कबाट समेत गरी ६५ जना अध्येताहरु सहभागी थिए ।
सो अवसरमा साइमलन फ्रेजर विश्वविद्यालयकी प्रख्यात मानवशास्त्री प्रोफेसर स्टेसी लि पिगले ‘न्यारेटिङ डेभलपमेण्ट’ शीर्षकमा प्रवचन दिएकी थिइन् ।
अध्ययन दिवसकै सन्दर्भ पारेर परिषद्ले बीएनएसी डिजटेसन प्राइज डा. सामुयल पोलेटीलाई प्रदान गरेको छ । सो पुरस्कारको राशी २५० पाउण्ड छ । यस्तै परिषद्ले आगामी चार वर्षका लागि प्राध्यापक पदम सिंखडा, सारा पार्कर, सपना विष्ट, डा. स्टेफेनी लोटरलाई परिषद्को कार्यसमितिमा चयन गरेको छ भने फेइजी स्मेली, जीवनराज शर्मा र कुमुद रानालाई कार्यसमितिमा मनोनित गरिएको छ ।
यस्तै, सोही अवसरमा बेलायती सरकारी एजेन्सी डिपार्टमेण्ट फर इन्टरन्याश्नल डेभलपभेण्ड (डिफिड) का अधिकारीहरुसित परिषद्का पदाधिकारीहरुको ‘कन्फ्रेन्स कल’ मार्फत छलफल समेत गरिएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार