लण्डन । डार्टफोर्ड, केन्टमा बसोबास गर्ने नेपालीहरुले नेपाली नयाँवर्ष २०७६ विभिन्न कार्यक्रमका साथ मनाएका छन् ।
गत शनिबार टेम्पल हिलस्थित कम्युनिटी हलमा भएको सो कार्यक्रममा उनीहरुले एक आपसमा नेपाली नयाँ वर्षको शुभकामना साटासाट गरे ।
ब्रिटिश गोरखा नेपाली कम्युनिटी डार्टफोर्डका अध्यक्ष मोहन गुरुङको अध्यक्षता र सचिव एक गुरुङको सञ्चालनमा भएको सो कार्यक्रमको प्रमुख अतिथि राम गुरुङ थिए ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष कुल घले, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, समाजका प्रमुख सल्लाहकार गणेश राना अतिथिका रुपमा रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि गुरुङले महिला समितिबाट तयार पारिएको नयाँवर्षको केक पनि काटेका थिए । उनले नयाँ वर्षको अवसरमा सबैलाई शुभकामना दिँदै समाजलाई आफ्नो तर्फबाट १०१ पाउण्ड सहयोग पनि घोषणा गरे ।
कार्यक्रममा अध्यक्ष मोहन गुरुङले नयाँ वर्षले समाजका सबै सदस्यहरुमा सुस्वास्थ्य र उन्नति ल्याओस् भन्दै समाजका आगामी कार्यक्रमहरु समर बार्बीक्यु, तीज दशैँतिहार कार्यक्रममा पनि सक्रिय उपस्थितिका लागि अनुरोध गरे ।
कार्यक्रममा युथ टीमका तर्फबाट दिब्या गुरुङ र सन्देश रानाले बिंगो खेलाएका थिए ।
कार्यक्रममा उपाध्यक्ष हेमा राना गुरुङले स्वागत मन्तब्य दिएकी थिइन् भने कोषाध्यक्ष हेम काला थापाले प्रवेश शुल्क, योगेन लिम्बुले पेयपदार्थ, कृष्ण थापा र दीपक गुरुङले डीजेको जिम्मा सम्हालेका थिए ।
कार्यक्रमको अन्त्यमा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार