लण्डन । डार्टफोर्ड, केन्टमा बसोबास गर्ने नेपालीहरुले नेपाली नयाँवर्ष २०७६ विभिन्न कार्यक्रमका साथ मनाएका छन् ।
गत शनिबार टेम्पल हिलस्थित कम्युनिटी हलमा भएको सो कार्यक्रममा उनीहरुले एक आपसमा नेपाली नयाँ वर्षको शुभकामना साटासाट गरे ।
ब्रिटिश गोरखा नेपाली कम्युनिटी डार्टफोर्डका अध्यक्ष मोहन गुरुङको अध्यक्षता र सचिव एक गुरुङको सञ्चालनमा भएको सो कार्यक्रमको प्रमुख अतिथि राम गुरुङ थिए ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष कुल घले, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, समाजका प्रमुख सल्लाहकार गणेश राना अतिथिका रुपमा रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि गुरुङले महिला समितिबाट तयार पारिएको नयाँवर्षको केक पनि काटेका थिए । उनले नयाँ वर्षको अवसरमा सबैलाई शुभकामना दिँदै समाजलाई आफ्नो तर्फबाट १०१ पाउण्ड सहयोग पनि घोषणा गरे ।
कार्यक्रममा अध्यक्ष मोहन गुरुङले नयाँ वर्षले समाजका सबै सदस्यहरुमा सुस्वास्थ्य र उन्नति ल्याओस् भन्दै समाजका आगामी कार्यक्रमहरु समर बार्बीक्यु, तीज दशैँतिहार कार्यक्रममा पनि सक्रिय उपस्थितिका लागि अनुरोध गरे ।
कार्यक्रममा युथ टीमका तर्फबाट दिब्या गुरुङ र सन्देश रानाले बिंगो खेलाएका थिए ।
कार्यक्रममा उपाध्यक्ष हेमा राना गुरुङले स्वागत मन्तब्य दिएकी थिइन् भने कोषाध्यक्ष हेम काला थापाले प्रवेश शुल्क, योगेन लिम्बुले पेयपदार्थ, कृष्ण थापा र दीपक गुरुङले डीजेको जिम्मा सम्हालेका थिए ।
कार्यक्रमको अन्त्यमा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे