स्वास्थ्यविज्ञका साथ नर्सिङ एसोसिएसनको वार्षिक सम्मेलन

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले आफ्नो वार्षिक सम्मेलन आयोजना गरेको छ । अप्रिल पहिलो साता लन्डन वेम्लीस्थित तमु समाज हलमा स्वास्थ्यविज्ञ र नर्सहरुको सहभागितामा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रसंग आवद्ध विज्ञहरुले ‘प्रिजेन्टेसन’ दिएका थिए । यस अलवा सहभागीमाझ अन्तरक्रिया समेत भएको थियो ।
कार्यक्रमको शुरुवात नर्सिङ एसोसिएसनकी महासचिव रस्मिता दर्लामीले गरेकी थिइन् । कार्यक्रममा अकुपेशनल प्राक्टिस 
नर्स पूर्णिमा गुरुङले कामसंग सम्बन्धित रोग लागेमा ‘अकुपेशनल हेल्थ सर्भिस’ कसरी लिन सकिन्छ भन्नेबारे प्रष्ट्याइन् । त्यसैगरि, रोयल नेशनल अर्थोपेडिक हस्पिटल स्ट्यानमोरका शिक्षासम्बन्धि हेड नर्स अलान सिराजले यूके बाहिरबाट नर्सहरु कसरी ल्याउन सकिन्छ र प्रक्रिया के छन् भन्नेबारे जानकारी दिएका थिए ।
नेपलिज डक्टर्स एसोसिएसन यूकेका उपाध्यक्ष एनेस्थेटिस्ट कल्सल्टेन्ट डा. रमेश खोजुले एक्युट पेन म्यानेजमेन्टबारे, नेपलिज डक्टर्स एसोसिएसन यूकेका महासचिव एवं कन्सलटेन्ट सर्जन डा. कमल अर्यालले ‘नन टेक्निकल स्किल्स फर हेल्थ केयर’ साथै डार्टफोर्ड हस्पिटलमा ‘ए एण्ड इ’ की सिस्टर सुनिता गौतमले ‘
स्ट्रेस म्यानेजमेन्ट’ बारे प्रिजेन्टेसन दिए ।
हालै मेट्रोन पोष्टमा बढुवा भएकी कल्पना गिरीले ‘रिभ्यालीडेसन’ को तयारीबारे सुझाव सल्लाह दिएकी थिइन् । सामाजिक अभियन्ता लक्ष्मी राई (लारा) ले घरेलु हिंसा, शोषण आदि पक्षमा उजागर गर्दै स्वास्थसेविकाको काम कर्तव्यबारे अवगत गराइन् ।
बक्स युनिभर्सिटीमा सिनियर लेक्चरर गिता लामिछानेले परिवर्तित ‘मेन्टर’ भूमिकाबारे प्रष्टयाइन् ।
कार्यक्रम समापन गर्दै नर्सिङ एसोसिएसन अध्यक्ष विनोदविकास सिम्खडाले मुख्य वक्ताहरु, सहभागी र प्रायोजकहरु स्टार फाइनान्सियल सर्भिसेस्, काशीराज बोहोरा, केटिएम ट्राभल, आइएमइ लन्डन, दि स्पाइस यार्ड रेष्टुरेन्ट, हल उपलब्ध गराउने तमु समाज बेलायत र बिनु लामिछानेलाई धन्यवाद व्यक्त गर्दै आगामी वर्ष थप सहभागिताका लागि अनुरोध गरे । उनले नर्सहरुलाई एक दिन अतिरिक्त काम गरेर त्यसबाट आउने पैसा एसोसिएसनको प्रसुति गृह निर्माण 
प्रोजेक्टमा सहयोग गर्न अपिल गरेका छन् ।
नेपलिज नर्सिङ एसोसिएसन यूकेले नेपलिज डक्टर्स एसोसिएसन यूकेसंगको सहकार्यमा नियमित स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री