सौन्दर्यमा चर्चा बटुल्दै सबु

लन्डन । मिसेस नेपाल यूके २०१८ प्रतियोगितामा ‘सेकेन्ड रनर अप’ भएपछि सबु सेन्चुरीको परिचय अरु फराकिलो भएको छ । विजनेश वुमन भएर जति नाम, दाम छ त्यो भन्दा दोब्बर आत्मसन्तुष्टि यो उपाधिले दिएको उनी बताउंछिन् ।
‘तीजको बेला साउथहल मन्दिर गएको थिएं । त्यहां लन्डन फेसन हाउसकी मनिषा डंगोल दिदीले यस्तो प्रतियोगिता हुंदैछ इच्छुकहरुले सम्पर्क गर्नु होला भनेपछि तत्काल निर्णय लिएं’, सबु सम्झन्छिन्, ‘उपाधि जिते राम्रो नजिते पनि अनुभव हुन्छ भनेर भाग लिएकी थिएं । लक्कीली सेकेन्ड रनर अप भएर अहिले मान्छेहरुले चिन्न थालेका छन् । खुशी छु, केही प्रगति गरेजस्तो लाग्छ ।’
उक्त प्रतियोगितामा सबुले वेष्ट सेफको उपाधि पनि पाएकी थिइन् । यस्ता प्रतियोगिताले आत्मविश्वास र सकारात्मक सोच बढाउने उनको अनुभव छ ।
‘अहिलेसम्म घर परिवार, व्यापार भनें अब समाजमा चिनिन चाहन्छु’, उनले भनिन् । उनले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा हालै ‘टुडेज वुमन अफ दि इयर’ उपाधि पनि पाएकी थिइन् । आफूलाई ‘प्लेटफर्म’ दिएकोमा लन्डन फेसन हाउसप्रति कृतज्ञ छन् उनी ।
दुई छोरीकी आमा ३३ वर्षीया सबुलाई गृहिणी, विजनेश वुमन र सोसाइटीको पनि जिम्मेवारीले अहिले भ्याइ नभ्याइ छ । नर्थफिल्ड लन्डनस्थित स्पाइस म्याजिक रेष्टुरेन्टकी सञ्चालिका हुन् सबु । विगत डेढ वर्षदेखि हन्स्लो वेष्टमा जय सन्तोषी ज्वेलर्स पनि सञ्चालन गरेकी छन् । भविष्यमा नेपालमा म्याक मिलन क्यान्सरको च्यारिटी 
जस्तै कार्य गर्ने धोको उनको छ ।
फूर्सदमा गायन र घर डेकोरेसनमा रमाउने उनलाई घर एकदम ‘निट एण्ड क्लिन’ चाहिन्छ । फिल्म खेल्ने सोच नभएपनि म्यूजिक भिडियोमा भने उनलाई रुची छ ।
सानैदेखि गीत गाउन रुचाउने सबु मेकअप आर्टिष्ट पनि हुन् । बेला बेला स्टेज कार्यक्रमहरुमा गीत गाउंछिन् उनी । एउटा एल्बम निकाल्ने सोच रहेको पनि उनले सुनाइन् ।
बाबु इश्वरलाल रामुदामु र आमा सिरु निरु 
रामुदामुकी कान्छी सुपुत्री सबु चितवन निवासी हुन् ।तस्विरहरु- मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री