
लन्डन । नेपाली समाज नटिङ्गम यूकेले १५ अप्रिल सोमबार नेपाली नयां वर्ष २०७६ शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । समाजका कार्यवाहक अध्यक्ष दिपक सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि
राजदूतासका द्वितिय सचिव लब सुवेदी, विशेष अतिथि नटिङ्गम सिटी काउन्सिलका लर्ड मेयर लियगत अली, नेपाली समाज नटिङ्गम युके संस्थापक अध्यक्ष रणबहादुर केसी लगायत सयौंको उपस्थिति थियो ।
औपचारिक कार्यक्रम समाजका सचिव रविन्द्र शर्माले सञ्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम सञ्चालन कल्पना गुरूङ्गले गरेकी थिइन् । कार्यक्रममा महासचिव रामप्रसाद पन्थीले स्वागत मन्तव्य दिए ।
स्थानीय कलाकार विशेष गरि स-साना बालबालिकाको जोडदार प्रस्तुति रहेको उक्त कार्यक्रममा एकल, दोहोरी र सामूहिक नाच आकर्षण रह्यो ।
नेपाली समाज नटिङ्गम युके संस्थापक अध्यक्ष रणबहादुर केसीले बालबालिकाको बेजोड प्रस्तुतिले दोश्रो पिंढीलाई पनि नेपाली भाषा, कला संस्कृति, रितीरिवाज र नेपालसंग जोड्ने काम गरेको उल्लेख गर्दै यसले नेपालीपनलाई अझ प्रगाढ बनाएको बताए ।
उक्त कार्यक्रम सफल बनाउन समाजको सिंगो कार्यसमिति, उपाध्यक्ष तथा कार्यक्रम संयोजक एवं कार्यवाहक अध्यक्ष दिपक सापकोटा, महासचिव रामप्रसाद पन्थी, कार्यक्रम संचालक एवं सचिव रबीन्द्र शर्मा, कोषाध्यक्षद्वय दिपक ओझा, लोकनाथ अधिकारी, स्वादिष्ट खाना व्यवस्था गर्ने समाजका सदस्य एवं खेलकुद विभागीय संयोजक गंगा ढकाल र उनको टिम, सांस्कृतिक विभागीय संयोजक तथा सदस्य लक्ष्मण भण्डारी, कल्पना गुरूङ्ग लगायत निवर्तमान अध्यक्ष प्रवीण पाण्डेय, पूर्व अध्यक्ष तथा साझा नेपाली समाज युकेका उपाध्यक्ष विष्णु चालिसे, पूर्व अध्यक्ष एवं एनआरएनए युकेका सचिव तारानाथ भण्डारी, पूर्व उपाध्यक्ष तथा साझा नेपाली समाज युकेका कोषाध्यक्ष कृष्ण खरेल, पूर्व उपाध्यक्ष शम्भु अर्याल, पूर्व महासचिव तथा गल्कोट समाज युकेका महासचिव डिलाराम गौतम, समाजका संरक्षक लाल बहादुर थापा, विशेष कामले नेपाल भ्रमणमा रहेका नेपाली समाज नटिङ्गमका अध्यक्ष गोविन्द खरेल, मोहन केसी र लक्ष्मण भण्डारी आदिको विशेष भूमिका थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे