
लन्डन । नेपाली समाज नटिङ्गम यूकेले १५ अप्रिल सोमबार नेपाली नयां वर्ष २०७६ शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । समाजका कार्यवाहक अध्यक्ष दिपक सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि
राजदूतासका द्वितिय सचिव लब सुवेदी, विशेष अतिथि नटिङ्गम सिटी काउन्सिलका लर्ड मेयर लियगत अली, नेपाली समाज नटिङ्गम युके संस्थापक अध्यक्ष रणबहादुर केसी लगायत सयौंको उपस्थिति थियो ।
औपचारिक कार्यक्रम समाजका सचिव रविन्द्र शर्माले सञ्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम सञ्चालन कल्पना गुरूङ्गले गरेकी थिइन् । कार्यक्रममा महासचिव रामप्रसाद पन्थीले स्वागत मन्तव्य दिए ।
स्थानीय कलाकार विशेष गरि स-साना बालबालिकाको जोडदार प्रस्तुति रहेको उक्त कार्यक्रममा एकल, दोहोरी र सामूहिक नाच आकर्षण रह्यो ।
नेपाली समाज नटिङ्गम युके संस्थापक अध्यक्ष रणबहादुर केसीले बालबालिकाको बेजोड प्रस्तुतिले दोश्रो पिंढीलाई पनि नेपाली भाषा, कला संस्कृति, रितीरिवाज र नेपालसंग जोड्ने काम गरेको उल्लेख गर्दै यसले नेपालीपनलाई अझ प्रगाढ बनाएको बताए ।
उक्त कार्यक्रम सफल बनाउन समाजको सिंगो कार्यसमिति, उपाध्यक्ष तथा कार्यक्रम संयोजक एवं कार्यवाहक अध्यक्ष दिपक सापकोटा, महासचिव रामप्रसाद पन्थी, कार्यक्रम संचालक एवं सचिव रबीन्द्र शर्मा, कोषाध्यक्षद्वय दिपक ओझा, लोकनाथ अधिकारी, स्वादिष्ट खाना व्यवस्था गर्ने समाजका सदस्य एवं खेलकुद विभागीय संयोजक गंगा ढकाल र उनको टिम, सांस्कृतिक विभागीय संयोजक तथा सदस्य लक्ष्मण भण्डारी, कल्पना गुरूङ्ग लगायत निवर्तमान अध्यक्ष प्रवीण पाण्डेय, पूर्व अध्यक्ष तथा साझा नेपाली समाज युकेका उपाध्यक्ष विष्णु चालिसे, पूर्व अध्यक्ष एवं एनआरएनए युकेका सचिव तारानाथ भण्डारी, पूर्व उपाध्यक्ष तथा साझा नेपाली समाज युकेका कोषाध्यक्ष कृष्ण खरेल, पूर्व उपाध्यक्ष शम्भु अर्याल, पूर्व महासचिव तथा गल्कोट समाज युकेका महासचिव डिलाराम गौतम, समाजका संरक्षक लाल बहादुर थापा, विशेष कामले नेपाल भ्रमणमा रहेका नेपाली समाज नटिङ्गमका अध्यक्ष गोविन्द खरेल, मोहन केसी र लक्ष्मण भण्डारी आदिको विशेष भूमिका थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा