लण्डन । नववर्ष २०७६ को पूर्व सन्ध्यामा लण्डनमा एक मुक्तक वाचन तथा मुक्तक लेखन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल मुक्तक प्रतिष्ठान बेलायतले गत शनिवार कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद पोख्रेल र संचालन गीतकार नृपेश उप्रेतीले गरेका थिए । संस्थाकी उपाध्यक्ष प्रतिमा केसीले सबै उपस्थित मुक्तककारहरूको स्वागत गरेकी थिइन् । कार्यक्रम प्रस्तोता उप्रेतीले केन्द्रीय अध्यक्ष एवं महासचिवबाट प्राप्त शुभकामना मन्तव्य पढेर सुनाएका थिए ।
सो अवसरमा उपस्थित मुक्तककारहरूले आफ्ना चोटिला पोटिला मुक्तक सुनाए । मुक्तक वाचन गर्ने मुक्तककारहरूमा सुश्री समृद्धि पोख्रेल, राज श्रेष्ठ, प्रतिमा केसी, बिनोद अधिकारी, भरत लोहरुंग, सेमन्त राई, रबिन जोशी, कुमार केसी, नृपेश उप्रेती, रुपक श्रेष्ठ एवं दुर्गाप्रसाद पोख्रेल थिए ।
वाचित मुक्तकहरू माथि शैलीगत विवेचना र मुक्तक लेखनको वर्तमान स्वरुपबारे प्रमुख अतिथि डा. रुपक श्रेष्ठले चर्चा गरेका थिए । मुक्तकको ऐतिहासिक एवं पौराणिक सन्दर्भका विषयमा दुर्गाप्रसाद पोख्रेलले प्रकाश पारे । समारोहमा संस्थाका आजीवन सदस्यहरूलाई संस्थाको लोगो अंकित व्याज वितरण समेत गरिएको थियो ।
नेपाली नयाँ वर्षको शुभ आगमनको स्वागतार्थ लण्डनमा आयोजित मुक्तककेन्द्रीत उक्त समारोह अत्यन्त सार्थक रहेको सहभागीहरूले बताएका छन् ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने