
लन्डन । क्रोयडन नेपलिज कम्युनिटीले १२ अप्रिल शुक्रबार सांझ नेपाली नयां वर्ष २०७६ उल्लासमय वातावरणमा मनाएको छ । क्रोयडन र त्यस वरपर बस्ने नेपाली करिब एकसय ५० जनाको उपस्थितिमा कार्यक्रम भएको हो ।
कम्युनिटी अध्यक्ष नवीनकुमार कार्कीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा आमन्त्रित प्रमुख अतिथी क्रोयडन काउन्सिलर स्टुवार्ट कोलिन्सले काउन्सिलका तर्फबाट क्रोयडनवासी नेपालीलाई नयां वर्षको शुभकामना दिंदै आगामी दिनमा नेपाली समुदायलाई सक्दो सहयोग गर्ने वचन दिए ।
संस्थापक अध्यक्ष ध्रुवहरि बास्कोटाले पनि नेपाली नयां वर्ष २०७६ को शुभकामना दिएका थिए । कार्यक्रम सञ्चालन गर्दै कम्युनिटीकी उपाध्यक्ष रिमा कंडेल र अन्जना खतिवडाले पनि शुभकामना व्यक्त गरे । कम्युनिटीका सदस्य डा. सुरजमणि पौडेलले स्वागत मन्तव्य दिएका थिए भने अर्की सदस्य सुनिता श्रेष्ठले क्रोयडन नेपलिज कम्युनिटीको उद्देश्य र यसका गतिविधिबारे प्रकाश पारिन् ।
उक्त कार्यक्रममा प्रमुख आकर्षण बने नेपालबाट आएका हांस्यकलाकार दमन रुपाखेती र शंकर रिजाल (जोगेन्द्र पानवाला) । उनीहरुको प्रहसनले दर्शक नहांसी रहनै सकेनन् । स्थानीय कलाकार र स-साना बालबालिकाले पनि विभिन्न कला प्रस्तुत गरेर माहोल रोमाञ्चक बनाए ।
क्रोयडन नेपलिज कम्युनिटी मनोरञ्जनमा मात्र सिमित नरहेर परदेशमा नेपाली कला संस्कृति जोगाउंदै आफ्ना सदस्यहरुलाई परेको दुःख अनि अप्ठेरोमा सहयोग र स्थानीय निकायहरुसंग सहकार्य पनि गर्दै आएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे