लन्डन । बिरलै पहुंच हुने लन्डन मेयरको कार्यालय सिटीहलमा मंगलबार सांझ नेपालीको भीड रह्यो । हेल्प नेपाल नेटवर्कको २० औं वार्षिकोत्सव मनाउन करिब दश दर्जन नेपाली त्यहां पुगेका थिए । नेटवर्कका कार्यकारी सदस्य तथा एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीको पहलमा हल व्यवस्थापन भएको थियो ।
लन्डन मेयर सादिक खान त उपस्थित भएनन् तर उपमेयर राजेश अग्रवालको आतिथ्यले कार्यक्रमको गरिमा थप बढेको आयोजक बताउंदै थिए ।
कार्यक्रममा लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी देखि लन्डन एसेम्ब्लीमा लेबर पार्टीका नेता लेन डुभाल, एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएन युकेका अध्यक्ष योगकुमार फगामी, नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपांगीमगर, हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुणसिंह बस्नेत, हेल्प नेपाल नेटवर्कका मिडिया संयोजक भगीरथ योगी, हेल्प नेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठ, नेटवर्कका अध्यक्ष डा. प्रणव ज्ञवालीलगायत समाजका अग्रज सहभागी भए ।
सन् १९९९ मा युके र नेपालमा स्थापित हेल्प नेपाल नेटवर्कले शिक्षा, स्वास्थ्य तथा विपद सहायताका क्षेत्रमा काम गर्दै आएको छ । नेटवर्कले मुगुमा गत १५ वर्ष देखि एउटा हेल्थ पोष्ट सञ्चालन गरि रहेको छ भने धुलिखेलमा स्थापना गरेको चिल्ड्रेन्स होममा बसेर २२ जना छात्राले स्थानीय सामुदायिक विद्यालयमा पढिरहेका छन् ।
नेटवर्कले महाभूकम्प लगत्तै गायक योगेश्वर अमात्यको परिकल्पनामा रोयल अल्बर्ट हलमा च्यारिटी कन्सर्ट गरेर गोरखास्थित भिमोदय माध्यमिक विद्यालयको पुनर्निर्माणमा करिब ५० लाख रुपैयां खर्च गरेको थियो । उक्त भवन निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा छ ।
हालसम्म नेटवर्कले तीनसय भन्दा बढि प्रोजेक्ट सम्पन्न गरिसकेको छ ।
कार्यक्रमका केही तस्विरहरु हेरौं-
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल