लण्डन । नेप्लिज सेफ एसोसिएसन यूकेको दोस्रो कार्यसमिति सहमतिमा चुनिएको छ । दोस्रो अधिवेसनले ‘होली काउ’ समूहका निर्देशक तथा ‘एक्जुकेटिभ हेड सेफ’ दधि आचार्यको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
सोमबार लण्डनस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा आयोजना गरिएको एसोसिएसनले आचार्यसहित सम्पूर्ण पदमा सहमति कायम गरेको छ । कार्यसमितिमा उपाध्यक्षद्धय रामप्रसाद न्यौपाने र मोहनलाल ओली, महासचिवमा भुपेन्द्र पाठक, सचिव विनोद बराल, कोषाध्यक्ष रामचन्द्र सुवेदी र सह-कोषाध्यक्षमा धर्मागत चापागाईं छन् ।
त्यस्तै, सदस्यहरुमा ठाकुरप्रसाद तिमल्सेना, केबी गुरुङ, रामप्रसाद सापकोटा, राजु बोहोरा, शिव कँडेल, बिक्की सापकोटा, दुर्गा गुरुङ, टिकाराम निउरे, मनिष खड्का, टिकाराम कंडेल, देविलाल निउरे, प्रकाश गुरुङ, लालचन्द्र सापकोटा, राजु खत्री, भोजराज भण्डारी र पारस सापकोटा चुनिए ।
नयाँ कार्यसमितिलाई शुभकामना दिंदै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सेफहरुले खानामार्फत नेपाल र नेपाली खानालाई परिचय गराउने काम गरिरहेको बताए । उनले सेफहरुका कार्यको प्रशंसा गर्दै उनीहरु देशका सच्चा राजदूत रहेको धारणा व्यक्त गरे ।
राजदूत डा सुवेदीले संस्थामा लण्डनबाहिर विभिन्न क्षेत्रमा कार्यरत रहेका र महिला सेफहरुको समेत सहभागिता गराउन सुझाव दिए । महिला विनाको कार्यसमिति अपूरो हुने उनको भनाई थियो ।
एनआरएनए आइसिसी उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरुको पहिलो पुस्ता रेष्टुरेन्ट तथा क्याटरिङ क्षेत्रबाटै अघि बढेको बताए ।
निवर्तमान कार्यसमितिका अध्यक्ष कृष्ण तिमल्सेनाले आफुलाई सेफ पेसाले नै समाजमा स्थापित गराएको बताए । उनले नयाँ नेतृत्वलाई आफ्नो साथ रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा एनआरएन आइसिसी सह-कोषाध्यक्ष सोम सापकोटा, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, पूर्व अध्यक्ष सूर्य गुरुङलगायतले नेपाली सेफहरुको प्रशंसा गरेका थिए ।
कार्यक्रममा प्रवासी नेपाली मंच बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी, व्यवसायी कमल भण्डारी, दयानिधि सापकोटा, रणबहादुर केसी, वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, नेप्लिज क्याटरिङ एशोसिएसन यूके अध्यक्ष विजय थापा, वरिष्ठ समाजसेवी ध्रुव केसी, नेपाल पत्रकार महासंघ यूकेका बरिष्ठ उपाध्यक्ष श्याम लुईटेल, शान्ति नेपाली समाज बर्मिङहमका अध्यक्ष लिलाबहादुर थापालगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
निवर्तमान कार्यसमितिका अध्यक्ष कृष्ण तिमल्सेनाको अध्यक्षतामा सम्पन्न संस्थाको दोस्रो अधिवेसनमा बेलायतमा लामो समयदेखि कार्यरत रहंदै आएका नेपाली सेफहरु बद्री जैसी, राम डंगोल, हेम सापकोटा र हरि सापकोटालाई एसोसिएसनको तर्फबाट सम्मान गरियो ।
यसैबीच, एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्यले सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना दिएका छन्। ‘मित्र कृष्ण तिमल्सेनाजीको नेतृत्वमा रहेको पहिलो कार्यसमितिले गरेका रचनात्मक कामहरुलाई नयाँ समितिले निरन्तरता दिनेछ भन्ने विश्वास लिएको छु’, आचार्यले भनेका छन्- ‘नेपाली सेफहरुले युके मात्रै हैन, संसारभरि नै नेपाली खाना चिनाउन र आफ्नो व्यापार व्यवसाय विस्तार गर्न सफलता पाएका छन् । यस्तो सीप र श्रोतलाई नेपालमा उद्यमशीलताको विकास गर्ने तर्फ पनि आगामी दिनमा तपाईहरुको अरु बढी प्रयास होस् भन्ने कामना पनि गर्दछु ।’
तस्विर- शिव भण्डारी
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे