लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित मिडल्याण्डका नेपालीसंग साक्षात्कार गरेको छ ।
आइतबार लेस्टरको हेरिटेज इण्डियामा आयोजित कार्यक्रममा स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधि र समुदायका अगुवा गरी करिब ६० जनाको सहभागिता थियो ।
कार्यक्रममा मिडल्याण्ड क्षेत्रमा क्रियाशील साझा नेपाली समाज यूके, शान्ति नेपाली समाज बर्मिङहम, सिर्जनशिल लेस्टर नेपाल यूके, हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड, पिटरबरो नेपाली समाज पिटरबरो, नटिंगहम नेपाली समाज लगायत संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
बेलायतमा नेपाली पत्रकारिताको अवस्था, समुदायको अपेक्षा तथा यस क्षेत्रको स्तर वृद्धिका लागि समुदायका तर्फबाट हुन सक्ने सहयोग र सहकार्य अन्तरक्रियाको विषय थियो ।
कार्यक्रमका वक्ताहरुले बेलायतमा नेपाली समुदायको आकार बढ्दै गएको सन्दर्भमा यहांस्थित नेपाली मिडियाहरुको भूमिका अझ बढि सशक्त र अपरिहार्र्य बनेको धारणा
राखे ।

गैरआवासीय नेपालीहरुको नेपालसंगको नातालाई कायम राख्नेदेखि बेलायतमा नेपाली कला, संस्कृतिलाई बचाइराख्नेसम्मका कार्यमा मिडियाको ठूलो योगदान रहने उनीहरुको निष्कर्ष थियो ।
पत्रकारितामा दोस्रो पुस्ताका युवाहरुलाई समेट्न र उत्प्रेरित गर्न नेपाली भाषा साथै अंग्रेजी मिडियाको समेत विकास गर्नुपर्र्र्ने, प्रवासमा नेपालीले गरेका प्रगतिसम्बन्धी खोजमुलक फिचर प्रकाशित गर्नुपर्ने, सत्य तथ्यको आधारमा मात्रै समाचार बनाउनुपर्ने लगायतका सुझाव उनीहरुले दिए ।
गुणस्तरीय पत्रकारिताको विकास तथा यहांस्थित नेपाली पत्रकारहरुको सिप अभिवृद्धिका लागि पहल आवश्यक रहेको औंल्याउंदै समुदायका प्रतिनिधिहरुले पत्रकारिता क्षेत्रका विकृति हटाउन र महासंघको सदस्यता वितरणमा कडाई गर्न समेत सुझाए ।
बेलायतमा नेपाली समुदायको विकास र उनीहरुको सामाजिक आन्दोलनमा स्थानीय मिडियाहरुले पुरयाउंदै आएको योगदान प्रशसंनीय रहेको भन्दै उनीहरुले यस क्षेत्रको स्तर उन्नतिका लागि समुदायका तर्फबाट हुन सक्ने जुनसुकै सहयोगका लागि आफूहरु तयार रहेको बताए ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरले अन्तरक्रियामा समुदायका अग्रजहरुबाट व्यक्त सल्लाह र सुझाव मनन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । पत्रकारिता क्षेत्रका विसंगति हटाएर गुणस्तर कायम गर्ने तथा पत्रकारहरुको सीप, क्षमता अभिवृद्धि गर्न आफूहरुको प्रयत्न रहेको भन्दै खपांगीले समुदायका तर्फबाट समेत सक्रिय सहयोग र सहकार्यको अपेक्षा गरेको बताए ।
लण्डन केन्द्रित रहंदै आएको बेलायतको नेपाली पत्रकारितालाई अन्य क्षेत्रका नेपालीहरुमाझ पुर्याउने पहलमा मिडल्याण्डमा अन्तरक्रिया गरिएको उनको भनाइ थियो ।
कार्यक्रमका संयोजक तथा नेपाल पत्रकार महासंघ बेलायत शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले कार्यक्रमको अवधारणपत्र प्रस्तुत गर्दै बेलायतमा क्रियाशिल नेपाली मिडिया तथा पत्रकारहरुको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरे ।
स्थानीय समुदायले कसरी मिडियाहरुसम्मको पहुंच स्थापित गर्न, कार्यक्रमहरुमा पत्रकारलाई निम्त्याउन र प्रकाशित समाचारहरुप्रतिको गुनासो व्यक्त गर्न सक्छन् भन्ने जानकारी गराउंदै अर्यालले पत्रकारिताको संस्थागत विकासका लागि समुदायका तर्फबाट हुन सक्ने सहयोगका स्वरुपहरुबारे पनि बताए ।
कार्यक्रममा शाखाका सदस्य एवं साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले मिडल्याण्डमा झण्डै १० हजार नेपालीहरुको बसोबास रहेको र उनीहरु एकआपसमा एकतावद्ध तथा सामाजिक हिसाबले सक्रिय रहेको जानकारी गराए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले स्वागत मन्तव्य दिएका थिए । स्थानीय सिर्जनशिल लेस्टर नेपालका सचिव लक्ष्मण गौतमले मिडल्याण्डवासीका तर्फबाट उपस्थित पत्रकारहरुलाई स्वागत गरे ।
कार्यक्रमको पहिलो सत्र शाखाका महासचिव सञ्जयभक्त कंडेलले तथा दोस्रो सत्रको अन्तरक्रिया शाखाका पार्षद नृपेश उप्रेतीले सञ्चालन गरेका थिए ।
शुभकामना दिन हाल बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट र नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल पनि कार्यक्रमस्थलमा पुगेका थिए ।
अन्तरक्रियामा अधिवक्ता गोविन्द बेल्वासे, एनआरएन अभियन्ताहरु कमल भण्डारी, दयानिधि सापकोटा, कृष्ण ढकाल, रणबहादुर केसी, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष लिला थापा, हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्डका अध्यक्ष शिव खराल, सिर्जनशिल लेस्ट नेपालका अध्यक्ष बलराम चापागाईं, एनआरएन यूके सचिव तारानाथ भण्डारी, गल्कोट नेपाली समाज यूकेका अध्यक्ष राजु कंडेल, पत्रकारहरु डा. मिलन ज्ञवाली र केशव भण्डारी, साझा नेपाली समाज यूकेका वरिष्ठ उपाध्यक्ष नारायण फुयांल र कोषाध्यक्ष कृष्ण खरेल, इञ्जिनियर गोपाल न्यौपाने लगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।
पत्रकारहरुको तर्फबाट शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, सल्लाहकारद्वय फडिन्द्र भट्टराई र विपीन निरौला, कार्यसमितिका सचिव शिव भण्डारी, सदस्यहरु मञ्जु भण्डारी, टिका अधिकारी, जेनी भट्टराई लगायतको सहभागिता थियो ।
तस्विर- शिव भण्डारी
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर