
लन्डन । बेलायतस्थित नेपाली सेफहरु यतिखेर नयां नेतृत्व चयन गर्ने चटारोमा छन् । यही सोमबार ८ अप्रिल सांझ नेपलिज सेफ एसोसिएसन यूकेको दोश्रो कार्यकालका लागि नेतृत्व परिवर्तन हुंदैछ । एसोसिएसन अध्यक्ष समाजसेवी कृष्ण तिमल्सेनाका अनुसार सर्वसम्मत नयां कार्यसमिति बनाउन पूर्ण सहमति बनेको छ । दधि आचार्यको नेतृत्वमा लगभग तयार भइसकेको ‘लिष्ट’ सोमबार घोषणा सभामा सार्वजनिक गरिनेछ ।
कार्यक्रममा प्रमुख अतिथी हुनेछन् राजदूत डा. दुर्गाबहादुर सुवेदी । लन्डनबाहेक मिडल्याण्ड, वेल्स, स्कटल्याण्ड समेतबाट सेफहरु कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ ।
नयां कार्यसमिति गठनका लागि रामशरण सिम्खडा संयोजक रहेको निर्वाचन समिति बनाइएको छ जसमा फडिन्द्र भट्टराई र विजन भट्ट सदस्य छन् । उक्त समितिले अधिवेशनको सम्पूर्ण तयारी भएको जनाएको छ । एसोसिएसनमा करिब ७ सय सदस्य रहेका बताइन्छ ।
करी व्यवसाय र नेपाली खाना प्रवर्धनमा महत्वपूर्ण योगदान दिएका नेपाली सेफहरु आफ्नो व्यवसाय अलवा समाजसेवा एवं कल्याणकारी काममा समेत अग्रसर छन् । सन् २०१२ मा समाजसेवी एवं एनआरएन अभियन्ता कृष्ण तिमल्सेनाको संयोजकत्वमा तदर्थ समिति बनेपछि तीन वर्षमा पहिलो अधिवेशन भएको थियो ।
एनआरएन केन्द्रसम्म राम्रो पहुंच बनाएका तिमल्सेनाले एसोसिएसनको बागडोर सम्हालेयता यसले आपतविपतमा आर्थिक सहयोग र नयां सेफहरुलाई तालिम तथा यस व्यवसायका व्यवधानसंग जुध्न विभिन्न पहल गरेको छ ।
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर