
लन्डन । बेलायत युरोपेली संघबाट बहिगर्मन (ब्रेक्जिट)
प्रक्रिया लम्बिरहंदा यूके पासपोर्टमा भने ‘युरोपियन युनियन’ शब्द
हटाइएको छ । गत ३० मार्चदेखि बरगन्डी रंगको पासपोर्ट कभरमा ‘युरोपियन युनियन’ हटाएर नयां बेलायती पासपोर्ट जारी हुन थालेका हुन् ।
बेलायत गत २९ मार्चमा इयूबाट अलग्गिने तालिका थियो । यही तालिकामा प्रक्रिया अगाडि बढ्ने अपेक्षामा ‘युरोपियन युनियन’ शब्द हटाइएको बीबीसीले जनाएको छ ।
गृह मन्त्रालय (होम अफिस) की प्रवक्ताले स्टकमा बांकी भइन्जेल केही समयका लागि ‘युरोपियन युनियन’ भएका राहदानी नै जारी गरिने जनाइन् । तर, उनले पासपोर्टमा ‘युरोपियन युनियन’ भएर वा नभएर ब्रिटिश नागरिकलाई यात्रामा कुनै फरक नपर्ने पनि प्रष्टयाइन् ।
उता, प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट प्रक्रिया ३० जुनसम्म सार्न इयूलाई औपचारिक रुपमा अनुरोध गरेकी छन् । प्रधानमन्त्री मेले शुक्रबार एक पत्र लेख्दै ब्रेक्जिट समयसीमा बढाउन आग्रह गरेकी हुन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?