लन्डन । विश्वमा सोसियल मिडिया (फेसबुक ट्वीटर, इन्सटाग्राम, वाट्सएप आदि) को प्रयोग बढ्दो छ । एक तथ्यांक अनुसार सन् २०१९ भित्र यसका प्रयोगकर्ता विश्वभर करिब २ दशमलव ७७ बिलियन पुग्ने अनुमान छ । सन् २०१७ मा यो संख्या २.४६ बिलियन थियो ।
बढ्दो लोकप्रियतासंगै यसका नकारात्मक पक्षले चिन्ता समेत थपेको छ । विश्व जनसंख्याको झण्डै ४५ प्रतिशत जनसंख्या सोसियल मिडियाको लतमा फंसिरहंदा बेलायत पनि यसबाट अछुतो रहेन ।
बेलायतमा सोसियल मिडिया प्रयोगकर्ता करिब ४५ मिलियन छन् जुन कुल जनसंख्याको ६७ प्रतिशत हुन आउंछ । बेलायतीहरु दिनमा सरदर २८ पटक तिनका मोबाइल फोन हेर्छन् जसले मानसिक स्वास्थ्यमा असर परिरहेको औंल्याइएको छ । सोसियल मिडिया प्लेटफर्मका सकारात्मक पक्षसंगै यसको बढ्दो प्रयोगले कालान्तरमा मानिसलाई बेखुशी र अलग गराउने विज्ञहरुको राय छ ।
सोसियल मिडियाले थाहै नपाइ मानिसको मानसिक स्वास्थ्यमा असर गरिरहेको विज्ञहरुको धारणा छ । मानसिक स्वास्थ्य अलवा आत्मसम्मान, सुताइ, स्मरण शक्ति, एकाग्र हुन यसले नकारात्मक प्रभाव पारिरहेको हो ।
बेलायती मल्टी नेशनल इन्सुरेन्स कम्पनी ‘अभिभा’ ले दुई हजार जनामा गरेको एक सर्वेक्षणमा बेलायतका आधा भन्दा बढि वयस्कले प्रत्येक रात करिब ६ घण्टामात्र सुत्न सक्ने बताएका छन् । यसमध्ये १८ प्रतिशतले सिरानी छेउ स्मार्टफोन राख्दा त्यसले निन्द्रा ब्युंझाइरहने जनाएका छन् । पुरुष भन्दा २२ प्रतिशत बढि महिलाले सिरानी छेउ स्मार्टफोन राखेर सुत्ने गरेको अध्ययनमा पाइएको छ ।
५ मा एकजना बेलायतीले अपुग निन्द्रामा स्मार्टफोनलाई दोष दिएका छन् किनभने सोसियल मिडिया चलाउने लतले फोन ‘अफ’ गरेर सुत्न कठिन बनाइदिएको छ । विज्ञहरुले ८ घण्टाभन्दा कम सुत्ने मानिसलाई क्यान्सर, मधुमेह वा डिप्रेसनको जोखिम हुने औंल्याएका छन् ।
बेलायतको युनिभर्सिटी अफ सरेका प्राध्यापक साइमन आर्चर ‘इलेक्ट्रोनिक डिभाइस’ बाट निस्कने निलो प्रकाशले निन्द्रा जगाउने हार्मोनलाई बिथोल्छ जसले गर्दा मानिसहरु निदाउन संघर्ष गर्छन् ।
दि रोयल कलेज अफ साइक्याट्रिष्टले बालबालिकालाई खाना खाने समय सोसियल मिडिया र सुत्न जानु भन्दा एक घण्टा अगाडिबाट प्रविधि प्रयोग रोक्न सुझाएको छ ।
उक्त निकायका भनाइमा मानिसको मुड, बानी व्यहोरा, खानपान र सुताइमा सामाजिक सञ्जालको नकारात्मक प्रभाव बढि छ ।
बेलायत सरकारले सोसियल मिडिया कम्पनीहरु जस्तै इन्सटाग्राम, ट्वीटर र फेसबुकलाई छिट्टै नियमन गर्ने योजना घोषणा गर्ने अपेक्षा गरिएको छ । गत महिनामात्र ब्रिटिश संसदको विज्ञान तथा प्रविधि समितिले एक प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक सन्जाल सन्चालन गर्ने कम्पनीहरुले प्रयोगकर्ताको स्वास्थ्य तथा सुरक्षामाथि ध्यान पुराउन कानुन बनाउन आवश्यक रहेको औंल्याएका थिए ।
सांसदहरुले सामाजिक सन्जाल सञ्चालन गर्ने कम्पनीहरुमाथि अनुगमन गर्न एउटा नयां नियामक निकाय बनाउन तथा आचारसंहिता पालना नगर्ने कम्पनीहरुविरुद्ध जरिवाना गर्ने अधिकार दिन पनि सिफारिस गरेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे