लन्डन । चारभञ्ज्याङ्ग तमु समाज युकेले पर्वत चारभञ्ज्याङ्गको खाल्टेस्थित टेलिमेडिसिन सेन्टर सहयोगार्थ च्यारिटी डिनर आयोजना गरेको छ ।
विशेषगरी शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यका साथ गत ३० मार्च सांझ अल्डरसटस्थित एम्पायर हलमा विविध सांस्कृतिक कार्यक्रमका साथ सो च्यारिटी डिनर आयोजना गरिएको हो ।
कार्यक्रममा नेपालको संसदको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति सांसद पूर्णकुमारी सुवेदीले प्रमुख अतिथिको आसनबाट चार भञ्ज्याङ्ग तमु समाज युकेले आफ्नो गाउंका लागि गरेको महत्वपूर्ण कामको प्रशंसा गरिन् ।
कार्यक्रममा अध्यक्ष मेजर (रि) कृष्ण बहादुर गुरुङले सन् २०१३ सालमा स्थापना भएको टेलिमेडिसिनबाट त्यस क्षेत्रका स्थानीय जनताहरु लाभान्वित भैरहेको बताउंदै सबैको उपस्थिति र सहयोगका लागि धन्यवाद दिए । त्यस्तै, चारभञ्ज्याङ्ग समाज नेपालका सल्लाहकार समेत रहेका डा. योगेन्द्रराज रिजाल, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, तमुधिं युकेका अध्यक्ष नन्दजंग गुरुङ र समाजका संरक्षक नारायण कोन्मे तमुले शुभकामना मन्तब्य राखेका थिए ।
नेपाली दूतावास लण्डनका द्वितीय सचिव लव सुवेदीको समेत विशेष उपस्थिति रहेको कार्यक्रममा विभिन्न तह र विषयमा ग्रयाजुएसन गरेका ५ जना समाजका विद्यार्थीलाई हौसलास्वरुप खादा लगाई प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै, जिसिएसई परीक्षामा उत्कृष्ट अंक ल्याएका समाजका दुईजना भाइबहिनीलाई एकेडेमिक अवार्डबाट सम्मान गरिएको थियो । उनीहरु दुवै जनालाई जनही १५० पाउण्ड नगद पुरस्कार समेत प्रदान गरिएको हो ।
विविध सांस्कृतिक प्रस्तुति समेत गरिएको कार्यक्रममा अतिथि कलाकारको रुपमा क्यूओजिएलआरले खुकुरी डान्स, स्थानीय ब्रिटिश नागरिक लुसी तथा डोन र लीना गुरुङको समूहले आर्कषक नृत्य प्रस्तुत गरे । त्यस्तै, इभोलुजन ग्रुप बेजिङ्गस्टोक र समाजका भाइबहिनीहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा राफल ड्र समेत खेलाइएको थियो । सो राफल ड्रका पहिलो विजेतालाई सुनको औठी, दोस्रोलाई सुनको चन्द्रमा र तेश्रोलाई नाडी घडी उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा समाजमा सल्लाहकार क्याप्टेन कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष ह.ले.चन्द्रबहादुर गुरुङ र तमु धिं युकेका निवर्तमान अध्यक्ष तथा समाजका सल्लाहकार ज्ञामबहादुर गुरुङलाई चारभञ्ज्याङ्ग सम्मान अवार्डबाट सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा तमुधिं युकेका नवनिर्वाचित अध्यक्ष नन्दजङ्ग गुरुङ तथा आमा समूहकी अध्यक्ष जगतमाया गुरुङलाई खादा लगाई सम्मान गरिएको थियो ।
पर्वतको लामे, भंगरा, दाद्र र थानामौला गाउं चारभञ्जाङ्ग भित्र पर्दछ । सोही चारभञ्जाङ्ग क्षेत्रबाट बेलायत आइ बसेका गुरुङहरुले चार भञ्ज्याङ्ग तमु समाज युके गठन गरेका हुन् । बेलायतको च्यारिटी कमिसनमा दर्ता रहेको सो समाजले विभिन्न च्यारिटीमुलक कार्य गर्दै आएको छ । साथै, सो समाजले स्थापना गरेको टेलिमेडिसिन सेन्टरमा देशविदेशका विज्ञ चिकित्सकहरुले टेलिसम्पर्क मार्फत स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।
शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यका साथ आयोजित च्यारिटी डिनर कार्यक्रमका लागि अपेक्षा गरिए अनुसार आर्थिक सहयोग संकलन भैरहेको अध्यक्ष मेजर (रि) गुरुङले जानकारी दिए । उनका अनुसार सो परियोजनाका लागि उपस्थिति नभए पनि धेरै व्यक्ति र संघसंस्थाले अनलाइनमार्फत आर्थिक सहयोग गरिरहेका छन् ।
चारभञ्ज्याङ्ग तमु समाजका अध्यक्ष मेजर (रि) कृष्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष मदन गुरुङले स्वागत मन्तब्य दिएका थिए भने महासचिव दुर्गा गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए