लन्डन । नेपालका लोकप्रिय दुई राष्ट्रिय कलाकार यतिखेर बेलायत टुरमा छन् । उद्देश्य गायन हो तर च्यारिटीका लागि ।
शहीद स्मृति आवासीय माध्यमिक विद्यालय सुनसरीका द्वन्द्व पीडित बालबालिकाको सहयोगार्थ ‘मिरा सांगीतिक सांझ’ का लागि यूके आएका कलाकारद्वयले शनिबार अल्डरसटमा पहिलो शो गरे भने दोश्रो शो साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा ।
नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा पृथक पहिचान बनाउन सफल गायिका मिलन नेवार र कयौं हिट गीत दिइसकेका गायक राजनराज शिवाकोटीले गोल्डेनसीप कार्यक्रममा दर्शक मज्जाले नचाए ।
आफ्नो उत्कृष्ट मध्ये एक ‘जहिलेसम्म संसारमा…’ बोलको प्रेमभावले ओतप्रोत गीतबाट कन्सर्ट शुरु गरेकी मिलनले त्यसपछि ननस्टप हिट आइटम गाउंदा दर्शक ‘वान्समोर’ भन्दै नाचिरहे । उनले ‘बट स्लोली स्लोली’, ‘गाला रातै’ लगायत आधा दर्जन बढि गीत गाइन् ।
उता, राष्ट्रिय भावनाले ओतप्रोत आफ्नो विल्कुलै नयां गीत ‘मनले नेपाल नेपाल भनिरहोस्…’ बाट शुरु गरेका गायक सिवाकोटीले ‘कुटुमा कुटु’, ‘सुर्के थैली’, ‘पूर्व पश्चिम रेल’, ‘गोजीमा दाम छैन्…’ आदि प्रचलित गीत गाए । मिलन अघिल्लो वर्ष बेलायत आए पनि राजनको यो पहिलो बेलायत भ्रमण भएकाले उनी झन् बढि उत्साहित देखिन्थे । उनीहरुले केही ‘ड्वेट’ गीत पनि गाएका थिए ।
गोल्डेनसीप रेष्टुरेन्टका सञ्चालक देव गुरुङले कार्यक्रम शुरु हुनु अघि खादाले कलाकारहरुको स्वागत तथा सम्मान गरेका थिए । सो अवसरमा दर्शकहरुले स्वतस्फूर्त आर्थिक सहयोग पनि गरे ।
मिलन च्यारिटी फाउन्डेशन नेपाल, अग्रगामी समूह बेलायत र आदिवासी चलचित्र महासंघ बेलायतको संयुक्त आयोजनामा यूके टुर आयोजना गरिएको हो । अबका कार्यक्रम ६ अप्रिलमा आसफोर्ड र ७ अप्रिलमा द वेयर हाउस सेन्चुरी जक्सन रेडिङमा हुने तय भएको छ ।
मिलनले कार्यक्रम अघि शहीद तथा बेपत्ता परिवारका ४०० असहाय विद्यार्थी अध्ययनरत शहिद स्मृति आवासीय माध्यमिक विद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, सिमान्तकृत, अल्पसंख्यक तथा बहिष्करणमा पारिएका समुदायका बालबालिकालाई पनि शैक्षिक अवसर प्रदान गर्ने लगायत उद्देश्य राखेर आफूहरु कन्सर्ट गर्न बेलायत आएको खुलाइन् ।
मिलन र राजनले आफ्ना बांकी कार्यक्रममा दर्शकहरुलाई उपस्थित भइदिन अपिल गरेका छन् ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय