लन्डन । नेपालका लोकप्रिय दुई राष्ट्रिय कलाकार यतिखेर बेलायत टुरमा छन् । उद्देश्य गायन हो तर च्यारिटीका लागि ।
शहीद स्मृति आवासीय माध्यमिक विद्यालय सुनसरीका द्वन्द्व पीडित बालबालिकाको सहयोगार्थ ‘मिरा सांगीतिक सांझ’ का लागि यूके आएका कलाकारद्वयले शनिबार अल्डरसटमा पहिलो शो गरे भने दोश्रो शो साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा ।
नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा पृथक पहिचान बनाउन सफल गायिका मिलन नेवार र कयौं हिट गीत दिइसकेका गायक राजनराज शिवाकोटीले गोल्डेनसीप कार्यक्रममा दर्शक मज्जाले नचाए ।
आफ्नो उत्कृष्ट मध्ये एक ‘जहिलेसम्म संसारमा…’ बोलको प्रेमभावले ओतप्रोत गीतबाट कन्सर्ट शुरु गरेकी मिलनले त्यसपछि ननस्टप हिट आइटम गाउंदा दर्शक ‘वान्समोर’ भन्दै नाचिरहे । उनले ‘बट स्लोली स्लोली’, ‘गाला रातै’ लगायत आधा दर्जन बढि गीत गाइन् ।
उता, राष्ट्रिय भावनाले ओतप्रोत आफ्नो विल्कुलै नयां गीत ‘मनले नेपाल नेपाल भनिरहोस्…’ बाट शुरु गरेका गायक सिवाकोटीले ‘कुटुमा कुटु’, ‘सुर्के थैली’, ‘पूर्व पश्चिम रेल’, ‘गोजीमा दाम छैन्…’ आदि प्रचलित गीत गाए । मिलन अघिल्लो वर्ष बेलायत आए पनि राजनको यो पहिलो बेलायत भ्रमण भएकाले उनी झन् बढि उत्साहित देखिन्थे । उनीहरुले केही ‘ड्वेट’ गीत पनि गाएका थिए ।
गोल्डेनसीप रेष्टुरेन्टका सञ्चालक देव गुरुङले कार्यक्रम शुरु हुनु अघि खादाले कलाकारहरुको स्वागत तथा सम्मान गरेका थिए । सो अवसरमा दर्शकहरुले स्वतस्फूर्त आर्थिक सहयोग पनि गरे ।
मिलन च्यारिटी फाउन्डेशन नेपाल, अग्रगामी समूह बेलायत र आदिवासी चलचित्र महासंघ बेलायतको संयुक्त आयोजनामा यूके टुर आयोजना गरिएको हो । अबका कार्यक्रम ६ अप्रिलमा आसफोर्ड र ७ अप्रिलमा द वेयर हाउस सेन्चुरी जक्सन रेडिङमा हुने तय भएको छ ।
मिलनले कार्यक्रम अघि शहीद तथा बेपत्ता परिवारका ४०० असहाय विद्यार्थी अध्ययनरत शहिद स्मृति आवासीय माध्यमिक विद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, सिमान्तकृत, अल्पसंख्यक तथा बहिष्करणमा पारिएका समुदायका बालबालिकालाई पनि शैक्षिक अवसर प्रदान गर्ने लगायत उद्देश्य राखेर आफूहरु कन्सर्ट गर्न बेलायत आएको खुलाइन् ।
मिलन र राजनले आफ्ना बांकी कार्यक्रममा दर्शकहरुलाई उपस्थित भइदिन अपिल गरेका छन् ।
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण