
लन्डन- बेलायती संसद ‘हाउस अफ कमन्स’ मा सांसदहरुले युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का विषयमा नयाँ सहमतिको खोजीका लागि पुनः छलफल हुँदैछ ।
बेलायतको संसदले यसअघि बेलायती प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जीटका बारेमा ल्याउनु भएका प्रस्ताव तीनपटक अस्वीकृत गरिसकेको छ । उक्त प्रस्ताव विफल भएसँगै बेलायत र युरोपेली यूनियनबीचको सम्बन्धमा तनाबको अवस्था सिर्जना भएको छ ।
युरोपेली यूनियनबाट बेलायतको बहिर्गमनको अन्तिम मिति आइपुग्न अब दुई हप्ताभन्दा कम मात्र समय छ । यही वस्तुतथ्यलाई मनन गरी सांसदहरु वर्तमान गतिरोध अन्त्य गर्न फेरि संसदमा विभिन्न विकल्पमाथि मतदान गर्न लागेका हुन् ।
बेलायतमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा ब्रेक्जीटको पक्षमा ५२ प्रतिशतले मतदान गरेका थिए । तर ब्रेक्जीट प्रक्रियामा सांसदहरुबीच मतैक्य हुन सकेको छैन । बेलायती संसद र जनता नै अहिले पनि इयूबाट बेलायत बाहिरिनु पर्छ वा पर्दैन भन्नेमा विभाजित छन् ।
प्रधानमन्त्री मेले युरोपेली यूनियनसँग गत वर्ष नोभेम्बरमा गर्नुभएको सम्झौतालाई बेलायती संसदले अस्वीकृत गरिसकेको छ । मेको प्रस्तावमा गत मार्च २९ मै बेलायत औपचारिक रुपमा युरोपेली यूनियनबाट बाहिरिने सम्झौता भएको थियो ।
युरोपेली यूनियनले बेलायत सरकारको अनुरोधमा उक्त मितिलाई मे २२ सम्म थप गरेको थियो ।
प्रधानमन्त्री मेले अघि सार्नुभएको एक अर्को प्रस्तावमा संसदले ब्रेक्जीटमा सहमति जनाए आफूले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने बताउनुभएको छ । तर यो प्रस्तावमा पनि सांसदहरुले कुनै सहमति निकाल्न सकेका छैनन् । यस असहमतिबीच सरकारले अब युरोपेली यूनियनसँग समयावधि थप गर्न समय माग्नु पर्नेछ अथवा अप्रिल १२ मा बिना कुनै सम्झौता युरोपेली यूनियनबाट बेलायत बिदा हुनु पर्नेछ । यो परिस्थितिमा बेलायतको समग्र आर्थिक परिदृश्य अस्तव्यस्त हुनेछ ।
तर मे २२ भन्दा अझ ढिलो भए बेलायतमा युरोपेली संसदका लागि अरु युरोपेली युनियनका सदस्य राष्ट्रझैं चुनाव गर्नुपर्ने विचित्र परिस्थिति सिर्जना हुनेछ ।
युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करले आइतबार एक इटालेली टेलिभिजनसँग कुरा गर्दै बेलायतसँग युरोपेली यूनियनको धैर्यता टुट्दै गएको बताउनुभयो । ‘बेलायती मित्रहरुसँग हाम्रो गहिरो धैर्यता छ, तर त्यो धैर्यको पनि बाँध फुट्नै लागेको छ । अहिलेसम्म हामीलाई बेलायती संसदले हुन्न भनेको मात्र थाहा छ’- जन्करले बताउनुभयो ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै