लन्डन । भारतीय सर्कसका लागि बेचिएका दुई नेपाली चेलीको कथा लन्डनमा प्रदर्शन हुने भएको छ । सत्यकथामा आधारित चलचित्र ‘इभन ह्वेन आइ फल’ चलचित्र आज शनिबार 30 मार्च सांझ रिजेन्ट स्ट्रिट सिनेमामा देखाउन लागिएको हो । उक्त चलचित्र हेर्न अग्रिम बुकिंग गरे ४० प्रतिशतसम्म डिस्काउन्ट दिइने आयोजकले जनाएका छन् । संकलित रकम इन्टीग्रिटी इन्टरनेशनल ट्रष्टलाई दिइनेछ ।
२७ मार्चदेखि ७ अप्रिलसम्म लन्डनमा जारी ‘यूके एसियन फिल्म फेस्टिबल’ मा पनि उक्त फिल्म समावेश छ ।
प्रेरणादायी उक्त चलचित्र शितल र सरस्वतीको सत्यकथामा आधारित छ । टिनएजरमा काठमाडौंमा भेटिएका ति दुई चेलीलाई गिरोहले भारत पुरयाउंछ । पछि उनीहरु कसरी सीमापारिबाट नेपाल आइपुग्छन् देखि उनीहरुको आफ्नै बाबु आमासंगको विद्रोह र आफ्नो नयां भविष्यका लागि गरिरहेको संघर्ष चलचित्रमा छ । ‘सर्कस काठमाडौं’ मा कार्यरत अन्य ११ सर्कस आर्टिष्टहरुको वेदना र संघर्ष पनि यसमा रहेको फिल्म निर्माण टिमले जनाएको छ ।
स्काइ निल र केट म्याकलर्नोनले निर्देशन गरेको करिब डेढ घण्टाको उक्त नेपाली चलचित्र अंग्रेजी सबटाइटलमा उपलब्ध छ ।
Tickets can be purchased with a 40% discount code: UKAFF2019 via the following link:
http://tonguesonfire.com/even-when-i-fall/
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे