काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘एनआरएन डेस्क’ स्थापना भएको छ । एनआरएनहरुले लामो समयदेखि माग गरे अनुरुप बिहीवार नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना भएको हो ।
गत जनवरी महिनामा बेलायतको अध्यागमन प्रणालीको अध्ययन भ्रमणमा गएका अध्यागमन विभागका प्रमुख इश्वरराज पौडेल लगायतका अधिकृतहरुसंग गरिएको अन्तर्कृयामा यो विषय उठेको थियो । एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, महासचिव आरके त्रिपाठी लगायतले अध्यागमन विभागका प्रमुखलाई लन्डनमा ज्ञापनपत्र समेत बुझाएका थिए ।
त्यस्तै हालै अध्यक्ष भवन भट्टले गृहमन्त्रीलाई एक पत्र लेखि अनुरोध गरेका थिए ।
एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्यले खुशी ब्यक्त गर्दै यसले संसारभरि रहेका सबै गैर आवासीय नेपालीहरुको नेपाल यात्रा सुखद र झन्झटमुक्त हुने विश्वास गरेका छन् ।
‘यो सबै काममा मैले समन्वय गर्ने मौका पाएँ निकै खुसी लागेको छ । यस अवसरमा केन्द्रिय अध्यक्ष तथा आइसीसीका सबै पदाधिकारी साथीहरुको पहल तथा सहयोगको सम्मान गर्दै एनआरएन यूकेका साथीहरु, अध्यागमन विभाग प्रमुख पौडेल, विभागका बिष्णुजी, कुलशेखरजी लगायत एनआरएन डेस्क स्थापना गर्न सघाउने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु’- उनले भनेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते