लन्डन । इतिहास बोकेको युरोपकै पुरानो सामाजिक संस्था यती नेपाली एसोसिएसन यूके अधिवेशनको संघारमा छ । आउंदो महिना अप्रिल २८ मा नयां कार्यसमिति चयन गरिने भएकाले अबको नेतृत्व कसको जिम्मामा जाला भन्ने चर्चा पनि शुरु भएको छ । विगतको नेतृत्व विवादित र केही समययता निष्क्रिय देखिएको यतीको साख कायम राख्न अब नेतृत्व सक्षम व्यक्तिलाई दिइनुपर्छ भन्ने आवाज अग्रजहरुको छ ।
श्रोतका अनुसार, समाजसेवी ध्रुव केसीलाई सर्वसम्मत अध्यक्ष बनाउने कसरत गरिएको छ । विगतमा लामो समय यतीमा आवद्ध भएर काम गरेका पुराना सामाजिक अभियन्ता केसी सर्वसम्मत भए अध्यक्षको जिम्मेवारी लिन तयार रहेको बताइन्छ । केसी सन् १९८२ देखि यतीको सामाजिक सचिव, कोषाध्यक्ष, ७ वर्ष महासचिव र ५ वर्ष उपाध्यक्ष भएर काम गरिसकेका छन् । उनी डा. राघवप्रसाद धिताल, खगेन्द्र नेपाली र डा. कुमुद धिताल अध्यक्ष भएका बेला यतीमा ‘ब्याक बोन’ थिए ।
‘मैले अध्यक्षको जिम्मेवारी पाएं भने विगतको इतिहास दोहोरयाउने सोच छ’, केसीले भने, ‘यतीले विगतमा मनाउने गरेको मुख्य चाडपर्व, खेलकुद, च्यारिटी गतिविधिलाई निरन्तरता र सदस्यता विस्तार मेरा मुख्य प्राथमिकता छन् ।’
सन् १९७४ मा लन्डन आएका केसीले २१ वर्ष नेपाल पर्यटन बोर्डको यूके दूत भएर काम गरे भने उनी नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष पनि हुन् । ब्रिटेन नेपाल टुरिजम अर्गनाइजेसन यूकेका संस्थापक अध्यक्ष र किङडम इन हिमालय म्यागेजिनको प्रकाशक पनि थिए केसी ।
यती निर्वाचन गराउन निर्वाचन समिति संयोजक आर के त्रिपाठी, सदस्यहर उमेशराज मोक्तान र क्याप्टेन रत्न श्रेष्ठ जुटिरहेका छन् । सन् १९६० मा स्थापित यतीको संस्थापक अध्यक्ष वरिष्ठ राजनीतिज्ञ पशुपति शमशेर जबरा हुन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे