लन्डन । युकेमा रहेका चितवनवासीहरूको साझा संस्था चितवन एड ट्रस्ट (क्याट) युकेको आठौं अधिवेशन यही जुलाई ७ मा हुने भएको छ ।
क्याट युकेको आइतबार प्लमस्टिडस्थित चौतारी रेष्टुरेण्टमा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
अधिवेशन आयोजना गर्न संस्थाका उपाध्यक्ष जीवन सेनलाई संयोजकको जिम्मा दिइएको छ ।
समर भेटघाट तथा विविध साँस्कृतिक कार्यक्रमसहित अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठले बताए । अधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुनेछ ।
नयाँ समिति चयनका लागि निर्वाचन कमिटीको प्रमुखमा पूर्व अध्यक्ष राजेन्द्र खरेललाई जिम्मा दिइएको छ । खरेलले आवश्यकता अनुसार कमिटी विस्तार गर्नसक्ने कार्यादेश दिइएको छ ।
यसैगरी बैठकले नेपाल जर्नी अर्गनाइजेसनले चितवनको भरतपुर महानगरपालिका ४ मा स्थापना गर्न लागेको अपांगमैत्री सार्वजनिक पुस्तकालयमा क्याट युकेले सहयोग गर्ने र त्यसको संयोजक संस्थाका उपाध्यक्ष यादव श्रेष्ठलाई तोकिएको छ । त्यस्तै, धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ब्यापक सहयोग जुटाउन र विभिन्न संघसंस्थासंग छलफल गर्न चितवन एड ट्रस्ट (क्याट) युके को उपाध्यक्ष जीवन सेनको संयोजकमा एउटा कमिटी गठन गरिएको छ जसमा केदार थपलिया, रघु दाहाल रहेका छन् ।
बैठकले यही मे १२ का दिन ट्राफलगर स्क्यारमा बुद्ध फाउण्डेशन युकेले गर्न लागेको बुद्ध जयन्ती कार्यक्रम सबैले आफ्नो स्थानबाट सहयोग गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा संस्थापक अध्यक्ष कपिल श्रेष्ठ, पूर्व अध्यक्ष राजेन्द्र खरेल, सल्लाहकारहरू टीका पौडेल, कमल पौडेल, शान्ता बिनोद लामिछाने, केदार थपलिया, रितेश पाण्डेको उपस्थिति थियो ।
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर