लन्डन । युकेमा रहेका चितवनवासीहरूको साझा संस्था चितवन एड ट्रस्ट (क्याट) युकेको आठौं अधिवेशन यही जुलाई ७ मा हुने भएको छ ।
क्याट युकेको आइतबार प्लमस्टिडस्थित चौतारी रेष्टुरेण्टमा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
अधिवेशन आयोजना गर्न संस्थाका उपाध्यक्ष जीवन सेनलाई संयोजकको जिम्मा दिइएको छ ।
समर भेटघाट तथा विविध साँस्कृतिक कार्यक्रमसहित अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठले बताए । अधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुनेछ ।
नयाँ समिति चयनका लागि निर्वाचन कमिटीको प्रमुखमा पूर्व अध्यक्ष राजेन्द्र खरेललाई जिम्मा दिइएको छ । खरेलले आवश्यकता अनुसार कमिटी विस्तार गर्नसक्ने कार्यादेश दिइएको छ ।
यसैगरी बैठकले नेपाल जर्नी अर्गनाइजेसनले चितवनको भरतपुर महानगरपालिका ४ मा स्थापना गर्न लागेको अपांगमैत्री सार्वजनिक पुस्तकालयमा क्याट युकेले सहयोग गर्ने र त्यसको संयोजक संस्थाका उपाध्यक्ष यादव श्रेष्ठलाई तोकिएको छ । त्यस्तै, धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ब्यापक सहयोग जुटाउन र विभिन्न संघसंस्थासंग छलफल गर्न चितवन एड ट्रस्ट (क्याट) युके को उपाध्यक्ष जीवन सेनको संयोजकमा एउटा कमिटी गठन गरिएको छ जसमा केदार थपलिया, रघु दाहाल रहेका छन् ।
बैठकले यही मे १२ का दिन ट्राफलगर स्क्यारमा बुद्ध फाउण्डेशन युकेले गर्न लागेको बुद्ध जयन्ती कार्यक्रम सबैले आफ्नो स्थानबाट सहयोग गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा संस्थापक अध्यक्ष कपिल श्रेष्ठ, पूर्व अध्यक्ष राजेन्द्र खरेल, सल्लाहकारहरू टीका पौडेल, कमल पौडेल, शान्ता बिनोद लामिछाने, केदार थपलिया, रितेश पाण्डेको उपस्थिति थियो ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो