स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समिति स्कटल्याण्डको आयोजनामा डुमएट हिल, स्टरलिङमा आइतबार हिल वाक इभेन्ट सम्पन्न भएको छ । सो अवसरमा करिब सय जनाभन्दा बढी सहभागी रहेको एनआरएनए स्कटल्याण्डले जनाएको छ ।
नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए । एनआरएनए स्कटल्याण्डको यो पहिलो सार्वजनिक कार्यक्रमले सहभागीहरुमाझ एनआरएनएप्रति सकारात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता र संगठन विस्तारमा सहयोग पुगेको अध्यक्ष कार्कीले बताए ।
हिल वाक इभेन्टबाट सहायता कोषका लागि सहयोग संकलन भएको र सहयोग संकलन क्रम जारी नै रहेको कार्कीले जानकारी दिए । उक्त कोषबाट संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने छ ।
हिल वाक शुरु हुनुभन्दा अघि एनआरएनए स्कटल्याण्डका सचिव कृष्ण दाहालले हिल वाकको विवरण, स्वास्थ्य, सुरक्षाबारे जानकारी दिएका थिए । डुमएट हिलमा पाँच माइलको हिँडाइका लागि करिब दुई घण्टा लागेको थियो । एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपानेसहित उक्त कार्यकममा स्कटल्याण्डको विभिन्न स्थानहरु एडिनब्रा, ग्लास्गो, एबर्डिन, फलक्रिक, फाइफ, पर्थ ,डनफर्मलिन र स्टरलिङबाट सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।
हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ। उक्त इभेन्टमा अध्यक्ष कार्कीले प्रायोजन गरेको भिजिट नेपाल २०२०को प्रचार सामाग्री कार स्टिकर वितरण गरिएको थियो ।
एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यवसायमा सहयोग पुग्ने बताए । एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचारका लागि नेपाली दूतावास र पर्यटन बोर्डसंग समन्वय गरिरहेको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक