लन्डन । बेलायतको नेपाली डायस्पोरामा बल्ल उदाउंदै छ दोश्रो पुस्ता । यो पुस्ता स्थानीय समुदायसंग बढि घुलमिल छ तर मातृभूमिप्रति बेखबर । नेपाली भन्दा अंग्रेजी लवज र सप्ताहन्त अभिभावकहरुले गर्ने कार्यक्रमको सट्टा पब, थिएटर वा नाइट लाइफतिर आकर्षित छ यो वर्ग ।
अपवादमा यही दोश्रो पुस्तालाई प्रतिनिधित्व गर्ने एउटा जमात भने बेलायतमा पनि आफ्नो कला संस्कृति जगेर्ना र प्रचार प्रसारमा जुटेको छ । बेलायती विश्वविद्यालयमा अध्ययनरत नेपाली युवाहरुको एउटा सञ्जाल मर्जिङ नेपसक्सले गत शनिबार एथिना क्वीन स्ट्रिट लेस्टरमा विशाल सांस्कृतिक जमघट गरयो ।
बेलायतका ५० भन्दा बढि विश्वविद्यालयमा अध्ययनरत करिब ३०० सय नेपाली विद्यार्थी र युवा पेशेवरहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा तन्नेरीहरुले नेपाली कला संस्कृति झल्कने गरि आफ्नो टयालेन्ट देखाए । उनीहरुको यस्तो कार्यक्रम यो दोश्रो हो । विद्यार्थी विभिन्न शहरबाट कोच रिजर्भ गरेरै कार्यक्रमस्थल पुगेका थिए ।
टयालेन्ट शोमा दश भन्दा बढि विश्वविद्यालयका विद्यार्थीले नृत्य र गायन प्रस्तुत गरे ।
सो अवसरमा किली युनिभर्सिटी, नटिङहाम युनिभर्सिटी, डि मोन्टफोर्ट युनिभर्सिटी, डर्बी युनिभर्सिटी, किङसटन युनिभर्सिटी, रोहेम्टन युनिभर्सिटी, सेन्ट म्यारिज युनिभर्सिटी, इष्ट एङलिया युनिभर्सिटी, युनिभर्सिटी अफ लेस्टर र नटिंगहाम एण्ड लोबरो युनिभर्सिटी अध्ययनरत विद्यार्थीले आकर्षक नेपाली नृत्य र गीत प्रस्तुत गरे । भक्त व्याण्डले पनि नेपाली गीत प्रस्तुत गरेर दर्शकलाई मज्जाले नचायो ।
उक्त सञ्जालले नेपालमा मेन्टरिङ स्किमसहित विभिन्न सामाजिक प्रोजेक्ट सञ्चालन गरेको मर्जिङ नेपसक्सका संस्थापक अध्यक्ष पवन कंडेलले जनाए ।
दुई वर्ष अघि देखि सक्रिय मर्जिङ नेपसक्स एउटा सामाजिक अभियान रहेको र यसले बेलायतस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपालीबीच सम्बन्ध विस्तार गरि मातृभूमिका लागि केही गर्ने सोचले अगाडि बढेको अर्का युवा ओजेश सिंह बताउंछन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे