
लन्डन । बेलायतका एक जना सामाजिक अभियन्ता जीव बेल्वासे ‘हाइ सेरिफ हयाम्पसायर अवार्ड’ बाट सम्मानित भएका छन् । गत बुधबार
सांझ ग्रेट हल वीन्चेस्टरमा आयोजित एक समारोहबीच बेल्वासेलाई उक्त अवार्ड दिइयो । बेलायतको नेपाली समुदायमात्र होइन्, अन्य इथ्नीक र बेलायती समुदायसंग पनि मेलमिलाप, सहकार्य, समायोजन आदिमा महत्वपूर्ण भूमिका निर्वाह गरे वापत बेल्वासेलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
हयाम्पसायर काउन्टीका हाई सेरिफ (सेरेमोनियल अफिसर) ले बेल्वासेलाई अवार्ड प्रदान गरेका थिए । उनले अवार्ड ग्रहण गर्दा केही नेपाली अभियन्ता पनि सहभागी थिए ।
ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष बेल्वासेको स्थानीय रसमोर बरो काउन्सिल र प्रहरीसंग निकट सम्वन्ध छ । नेपाली समुदायको हक हित र भलाइका लागि उनले आवाज उठाउंदै आएका छन् । कम्युनिटीले आयोजना गर्ने हरेक कार्यक्रममा स्थानीय काउन्सिल पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहने गरेको छ भने काउन्सिलले पनि ति इभेन्टलाई आफ्नो वार्षिक क्यालेन्डरका रुपमा राखेर विशेष महत्व दिंदै आएको छ ।
बेल्बासे केही महिनाअघि बीबीसी सरे एण्ड ससेक्सको ‘कम्युनिटी हिरोज’ अवार्डबाट समेत सम्मानित भएका थिए ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?