लण्डन । हेल्प नेपाल नेटवर्क युकेले आफ्नो स्थापनाको २० वर्ष पुरा हुन लागेको अवसरमा लन्डनमा एक कार्यक्रम गर्ने भएको छ ।
आउँदो ९ एप्रिल बेलुका लन्डनका मेयरको अफिस, सिटी हलमा हुने सो कार्यक्रममा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिको रुपमा सहभागी हुने नेटवर्कले जनाएको छ। कार्यक्रममा हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले पनि प्रस्तुति गर्नु हुनेछ ।
“मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतबाट स्थापित नेटवर्कको हाल नेपाल लगायत १४ मुलुकमा शाखा छन् । नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपतकालीन मानवीय सहायता लगायत क्षेत्रमा सहयोग पुराउँदै आएको छ।
“हाम्रो स्थापनाकाल देखि नेपालमा विपन्न समुदायका लागि सेवा पुराउने हाम्रो अभियानमा सहयोग गर्दै आएका सबै सहयोगीप्रति हामी यस अवसरमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं। आगामी दिनमा पनि तपाईहरुबाट यस्तै माया र सहयोग पाईरहने हामीले विश्वास लिएका छौं,” हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष डा. प्रणव ज्ञवालीले भने ।
नेटवर्कका कामहरुबारे थप जानकारी www.helpnepal.net मा गएर पाउन सकिन्छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे