नेपाली नयाँवर्षमा लण्डनमा नेपाली म्यूजिक फेस्टिभल

लण्डन । नेपाली नयाँ वर्षको अवसरमा लण्डनमा नेपाली म्यूजिक फेष्टिभल आयोजना हुँदैछ ।

नेपाली न्यूइयर इभ (अप्रिल १३ तारिख) साँझदेखि बिहानसम्म लण्डनको इलेक्ट्रिक ब्रिक्सटोनमा हुने सो फेष्टिभलमा नेपालबाट कलाकारहरु सविन राई एण्ड फारो, लाहुरे उर्फ आशिष राना, तृष्णा गुरुङले गाउने छन् भने युकेका प्रशान्त लिम्बु शब्द ब्याण्ड, युकेका डिजेहरु डिजे एस काजी र डिजे फास्ट सेक्रेटले मनोरन्जन दिनेछन् ।

कार्यक्रम सन्चालन लेक्स लिम्बु र निया देवानले गर्नेछन् ।

कार्यक्रमको आयोजना जी नाइन इन्टरटेन्मेन्टस, ह्याव मोमेन्ट, च्याउसे डी वन, नट जष्ट ट्राभल, माउण्टेन नेपाल मिडियाले संयुक्त रुपमा गरेका छन् भने कार्यक्रमको प्रस्तुति नेपाल फुडले गरेको छ ।

कार्यक्रमको टिकट दर ३५ पाउण्ड तोकिएको छ । कार्यक्रममा अप्रिल ७ देखि २० अप्रिलसम्म जन्मदिन परेकाहरुलाई निशुल्क प्रवेश दिइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री