लण्डन । सगरमाथा गोर्खा नेपलिज कम्युनिटी आसफोर्डको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कम्युनिटीका अध्यक्ष चक्रबहादुर राईको अध्यक्षतामा भएको सो साधारणभामा कम्युनिटीका प्रमुख सल्लाहकार भास्कर तितुङ, संस्थापक अध्यक्ष श्रीप्रसाद लिम्बु, महिला समितिकी अध्यक्ष बसुन्धरा राई, युवा समितिका अध्यक्ष दाबा वाङ्दी शेर्पा, मगर संघ केन्टका उपाध्यक्ष नानीबाबु मगर, चार्टर्ड अकाउण्टेण्ट लेखनाथ घिमिरे लगायतको उपस्थिति थियो ।
कार्यक्रममा उपाध्यक्ष सीता पुनले स्वागत मन्तब्य दिएकी थिइन् भने महासचिव रामप्रसाद लिम्बुले प्रगति प्रतिवेदन, महिला समितिकी सहसचिव रोमा परियारले महिला समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, कोषाध्यक्ष मोहन लिम्बु र सहकोषाध्यक्ष माला राईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । यस्तै, युवा समितिकी कोषाध्यक्ष सन्दीप राईले युवा समितिको प्रतिवेदन पेश गरेकी थिइन् । यसैगरी, कार्यक्रममा अध्यक्ष राईले कलाकारहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रोपर्टी खरिदका बारेमा प्रोपर्टी पर्चेज वर्किङ कमिटीका सचिव पोपीराज राईले जानकारी दिएका थिए । यस्तै, ब्रिटिश गोरखा नेपाली नागरिकता संघर्ष समिति युकेका सन्तोष थलङले समितिको संघर्षको बारेमा बताए ।
कार्यक्रममा अतिथिका तर्फबाट नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम सञ्चालन सचिव चिरन राईले गरेका थिए ।
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप