लण्डन । सगरमाथा गोर्खा नेपलिज कम्युनिटी आसफोर्डको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कम्युनिटीका अध्यक्ष चक्रबहादुर राईको अध्यक्षतामा भएको सो साधारणभामा कम्युनिटीका प्रमुख सल्लाहकार भास्कर तितुङ, संस्थापक अध्यक्ष श्रीप्रसाद लिम्बु, महिला समितिकी अध्यक्ष बसुन्धरा राई, युवा समितिका अध्यक्ष दाबा वाङ्दी शेर्पा, मगर संघ केन्टका उपाध्यक्ष नानीबाबु मगर, चार्टर्ड अकाउण्टेण्ट लेखनाथ घिमिरे लगायतको उपस्थिति थियो ।
कार्यक्रममा उपाध्यक्ष सीता पुनले स्वागत मन्तब्य दिएकी थिइन् भने महासचिव रामप्रसाद लिम्बुले प्रगति प्रतिवेदन, महिला समितिकी सहसचिव रोमा परियारले महिला समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, कोषाध्यक्ष मोहन लिम्बु र सहकोषाध्यक्ष माला राईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । यस्तै, युवा समितिकी कोषाध्यक्ष सन्दीप राईले युवा समितिको प्रतिवेदन पेश गरेकी थिइन् । यसैगरी, कार्यक्रममा अध्यक्ष राईले कलाकारहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रोपर्टी खरिदका बारेमा प्रोपर्टी पर्चेज वर्किङ कमिटीका सचिव पोपीराज राईले जानकारी दिएका थिए । यस्तै, ब्रिटिश गोरखा नेपाली नागरिकता संघर्ष समिति युकेका सन्तोष थलङले समितिको संघर्षको बारेमा बताए ।
कार्यक्रममा अतिथिका तर्फबाट नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम सञ्चालन सचिव चिरन राईले गरेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे