लन्डन । अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ युके (एन्टा युके) को दोस्रो अधिवेशनले नयां कार्यसमिति चयन गरेको छ । १६ मार्च २०१९ शनिबार ओजोन रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले मास्टर बुद्धि गुरुङ छैटौं डानको नेतृत्वमा १९ सदस्यीय दोस्रो कार्यसमिति चयन गरेको हो । मास्टर थान कुमान लिम्बू र मास्टर जयन्त थापा उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा मास्टर नवराज घले, संस्थापक महासचिव मास्टर हयारी गुरुङ प्रवक्ता र मास्टर इष्ट तामाङ कोषाध्यक्षमा चयन भएका छन् ।
अधिवेशनले संस्थापक अध्यक्ष ग्रान्ड्मास्टर डा. एन जे गुरुङलाई सर्वसम्मत प्रमुख संरक्षकमा मनोनित गरेको छ । संस्थाका सल्लाहकारहरु भने अर्को बैठकमा चयन गरिने प्रवक्ता हयारी गुरुङले जानकारी दिए ।
एन्टा युकेको स्थापना गत २ जनवरी २०१२ का दिन २१ सदस्यीय कार्यसमितिसहित स्थापना गरिएको थियो । नेपाल तेक्वान्दो संघबाट स्वीकृत प्राप्त ‘अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ’ को एउटा अन्तर्राष्ट्रिय च्याप्टरको रुपमा एन्टा युके विधिवत रुपमा स्थापना भएको हो ।
संस्थाले विगत ७ वर्षको अवधिमा विभिन्न खेलाडी र खेलकुद क्षेत्रमा लागेका जेहेन्दार विद्यार्थीहरुलाई हौसला र सहयोग पुरयाउदै आएको छ । हालसम्म एन्टा युकेमा आवद्ध ७ वटा तेक्वान्दो क्लवहरु संचालित भइरहेका छन् । यस वर्ष एन्टा युकेले गृष्मकालिन दुई वटा तेक्वान्दो सेमिनार गरि चितवनमा स्थापना हुने स्पोर्ट हलको लागि ‘च्यारिटी फर चितवन कबर्ट हल’ गर्ने निर्णय गरेको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे