लन्डन । अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ युके (एन्टा युके) को दोस्रो अधिवेशनले नयां कार्यसमिति चयन गरेको छ । १६ मार्च २०१९ शनिबार ओजोन रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले मास्टर बुद्धि गुरुङ छैटौं डानको नेतृत्वमा १९ सदस्यीय दोस्रो कार्यसमिति चयन गरेको हो । मास्टर थान कुमान लिम्बू र मास्टर जयन्त थापा उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा मास्टर नवराज घले, संस्थापक महासचिव मास्टर हयारी गुरुङ प्रवक्ता र मास्टर इष्ट तामाङ कोषाध्यक्षमा चयन भएका छन् ।
अधिवेशनले संस्थापक अध्यक्ष ग्रान्ड्मास्टर डा. एन जे गुरुङलाई सर्वसम्मत प्रमुख संरक्षकमा मनोनित गरेको छ । संस्थाका सल्लाहकारहरु भने अर्को बैठकमा चयन गरिने प्रवक्ता हयारी गुरुङले जानकारी दिए ।
एन्टा युकेको स्थापना गत २ जनवरी २०१२ का दिन २१ सदस्यीय कार्यसमितिसहित स्थापना गरिएको थियो । नेपाल तेक्वान्दो संघबाट स्वीकृत प्राप्त ‘अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ’ को एउटा अन्तर्राष्ट्रिय च्याप्टरको रुपमा एन्टा युके विधिवत रुपमा स्थापना भएको हो ।
संस्थाले विगत ७ वर्षको अवधिमा विभिन्न खेलाडी र खेलकुद क्षेत्रमा लागेका जेहेन्दार विद्यार्थीहरुलाई हौसला र सहयोग पुरयाउदै आएको छ । हालसम्म एन्टा युकेमा आवद्ध ७ वटा तेक्वान्दो क्लवहरु संचालित भइरहेका छन् । यस वर्ष एन्टा युकेले गृष्मकालिन दुई वटा तेक्वान्दो सेमिनार गरि चितवनमा स्थापना हुने स्पोर्ट हलको लागि ‘च्यारिटी फर चितवन कबर्ट हल’ गर्ने निर्णय गरेको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?