लण्डन । अन्तराष्ट्रिय जातीय विभेद दिवस (२१ मार्च) को उपलक्षमा बेलायतमा पहिलो पटक जातीय भेदभाव र छुवाछुत संबन्धी अन्तरकृया कार्यक्रम हुने भएको छ । नेपाल उत्पीडित जातीय समाज युके (युरोप) ले शनिबार इम्पायर हल, अल्डरशटमा गर्न लागेको उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, एनआरएन युकेका पदाधिकारीहरू, प्रमुख जातीय संघ संस्थाका प्रतिनिधि, धार्मिक संस्थाका अगुवाहरू, नोप्स युरोप अध्यक्ष लगायतको सहभागिता रहने आयोजक संस्थाका प्रमुख धन बहादुर सार्कीले जानकारी दिए ।
साथै नेपालबाट आएकी वरिष्ठ गायिका मीरा राणा र नेकपाका नेता तथा गृहमन्त्री राम बहादुर थापाकी पत्नी नैनकला थापाको पनि विशेष उपस्थिति बताइएको छ।
आयोजक सार्कीले भने “देश परदेशमा कुनै न कुनै रुपमा जातीय भेदभाव कायमै छ। दलित, जनजाति लगायत सबैले केहि पीडा भोगिएकै छ। त्यसैले, समाधानको लागि हामी सबै मिलेर के गर्न सकिएला भन्नेबारे छलफलमा सहभागी भैदिनु हुन सबैलाई मेरो हार्दिक अनुरोध छ ।”
फरक खालको यस कार्यक्रममा किंगस्टन युनिभर्सिटीका रिसर्च फेलो डा. मित्र परियारले एक कार्यपत्र प्रस्तुत गर्ने छन् । विशेषज्ञका हिसावले अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेभिड गेल्नर लगायत आधा दर्जन पिएचडीवालाले टिप्पणी र आफ्नो धारणा पनि राख्ने आयोजकले जनाएका छन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने