लण्डन । अन्तराष्ट्रिय जातीय विभेद दिवस (२१ मार्च) को उपलक्षमा बेलायतमा पहिलो पटक जातीय भेदभाव र छुवाछुत संबन्धी अन्तरकृया कार्यक्रम हुने भएको छ । नेपाल उत्पीडित जातीय समाज युके (युरोप) ले शनिबार इम्पायर हल, अल्डरशटमा गर्न लागेको उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, एनआरएन युकेका पदाधिकारीहरू, प्रमुख जातीय संघ संस्थाका प्रतिनिधि, धार्मिक संस्थाका अगुवाहरू, नोप्स युरोप अध्यक्ष लगायतको सहभागिता रहने आयोजक संस्थाका प्रमुख धन बहादुर सार्कीले जानकारी दिए ।
साथै नेपालबाट आएकी वरिष्ठ गायिका मीरा राणा र नेकपाका नेता तथा गृहमन्त्री राम बहादुर थापाकी पत्नी नैनकला थापाको पनि विशेष उपस्थिति बताइएको छ।
आयोजक सार्कीले भने “देश परदेशमा कुनै न कुनै रुपमा जातीय भेदभाव कायमै छ। दलित, जनजाति लगायत सबैले केहि पीडा भोगिएकै छ। त्यसैले, समाधानको लागि हामी सबै मिलेर के गर्न सकिएला भन्नेबारे छलफलमा सहभागी भैदिनु हुन सबैलाई मेरो हार्दिक अनुरोध छ ।”
फरक खालको यस कार्यक्रममा किंगस्टन युनिभर्सिटीका रिसर्च फेलो डा. मित्र परियारले एक कार्यपत्र प्रस्तुत गर्ने छन् । विशेषज्ञका हिसावले अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेभिड गेल्नर लगायत आधा दर्जन पिएचडीवालाले टिप्पणी र आफ्नो धारणा पनि राख्ने आयोजकले जनाएका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे