लन्डन । बेलायतलाई अलग गर्ने प्रक्रिया लम्ब्याउने पक्षमा बेलायती सांसदहरुले मत जाहेर गरेका छन् ।
बेलायतको तल्लो सदन हाउस अफ कमन्समा बिहीबार भएको मतदानमा प्रधानमन्त्री थेरेसा मेलाई ब्रेक्जिट समयसीमा लम्ब्याउन इयूसित अनुरोध गर्ने पक्षमा सांसदहरुले मत दिएका हुन् । सो प्रस्तावको पक्षमा ४१३ र विपक्षमा २०२ मत परेको थियो ।
सो मत परिणामपछि पूर्व घोषित समयसीमा २९ मार्चमा बेलायत इयूबाट नबाहिरिने पक्का भएको छ ।
मत परिणामपछि प्रधानमन्त्री मेले यदि सांसदहरुले आफूले ल्याउने अर्को प्रस्तावमा सांसदहरुले बहुमत दिएमा तीन महिना ब्रेक्जिट लम्ब्याउने र सांसदहरुले बहुमत नदिएमा इयूसित थप समयका लागि माग गर्ने बताएकी छिन् । यसरी समय थप्न परेमा इयूमा आवद्ध २७ वटै देश सहमत हुनपर्नेछ ।
संसदमा आज भएको मतदानमा ब्रेक्जिट पक्षधर सांसदहरुले ब्रेक्जिटलाई लम्ब्याउन नहुने पक्षमा मतदान गरेका थिए । जसमा सात मन्त्रीहरुसमेत छन् । तर, विपक्षी लेबोर पार्टी लगायतका सांसदले भने समय सार्ने पक्षमा मत दिएका थिए ।
आफूले ल्याएको ब्रेक्जिट सम्बन्धी प्रस्ताव दुईपटक पराजित भएपछि प्रधानमन्त्री मेले समयसीमा सार्ने प्रस्ताव ल्याएकी हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री मेले आगामी बुधबारभित्र ब्रेक्जिटसम्बन्धी अर्को प्रस्ताव संसदमा ल्याउने तयारी गर्दैछिन् । यसबाहेक प्रधानमन्त्री मेले ‘नो डिल’ सम्बन्धी प्रस्तावको पनि तयारी गरेको बुझिएको छ ।
यसअघि ब्रेक्जिटका बारेमा अर्को जनमत गर्ने प्रस्ताव भने अस्वीकृत भएको छ । सो प्रस्तावका पक्षमा ८५ मत परेको थियो भने विपक्षमा ३३४ मत परेको थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे