
लन्डन । काठमाडौंस्थित ‘द ब्रिटिश कलेज’ ले एक महिना अघि अन्तर्राष्ट्रिय भ्रमणका क्रममा दुबईको समुद्रमा पौडी खेल्दा डुबेर विद्यार्थीको मृत्यु भएको घट्नालाई लिएर एकपक्षीय रुपमा समाचार सम्प्रेषण गरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं थापाथलीस्थित कलेजले मंगलबार एक विज्ञप्ति जारी गर्दै भ्रमणका क्रममा समुद्रमा डुबेर मृत्यु भएका २० वर्षीय विद्यार्थी गौरव श्रेष्ठको परिवार मिडियामा नकारात्मक तवरले प्रचारबाजीमा उत्रिएको दावी गरेको छ ।
कलेजले आफ्ना विद्यार्थीहरूलाई विभिन्न मुलुकहरूमा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण गराउंदै आएको र उक्त भ्रमण विद्यार्थी र अभिभावकको स्वीकृतिमै गरिने विज्ञप्तिमा जनाइएको छ ।
यसै सन्दर्भमा गत १२ फेब्रुअरीमा २६ जना विद्यार्थीको समूह दुबई भ्रमणमा गएको र सोही क्रममा विद्यार्थी गौरव श्रेष्ठको समुद्रमा पौडी खेल्दा उनको ज्यान गएको विज्ञप्तिमा छ । ‘डुबेको देख्ने बित्तिकै लाइफगार्डहरुले पानीबाट निकालेर प्राथमिक उपचार र (सीपीआर) पनि दिएका थिए । साथै उनलाई तत्कालै एम्बुलेन्सबाट अस्पताल लगिएको थियो । तर, दुर्भाग्यवश अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको अस्पतालले जानकारी दियो । समुद्रमा पौडी खेल्न सख्त मनाही गर्दागर्दै श्रेष्ठ पौडीन गएको र सोही कारण उनको ज्यान गएको हो’- विज्ञप्तिमा उल्लेख छ । कलेजले भनेको छ-‘यस निधनले कलेजको सम्पूर्ण परिवार शोकमा डुबेको छ र परिवारप्रति हाम्रो हार्दिक समवेदना छ ।’
विद्यार्थीलाई कलेजले लैजाने शैक्षिक भ्रमण अनिवार्य नभई ईच्छुक विद्यार्थीहरूको लागि मात्रै भएको समेत कलेजले प्रष्ट्याएको छ ।
कलेजको विज्ञप्तिमा छ, ‘दुर्घट्ना लगत्तै कलेजले कुनै कसर बांकी नराखी जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गरेको थियो । घट्नाको जानकारी पाउने बित्तिकै कलेजका सिइओ अफ्रिकाको भ्रमण तुरुन्तै रद्द गरेर फेब्रुअरी १६ को बिहानै ५.३० (स्थानीय समय) मा घटनास्थलतर्फ पुगेका थिए । सोही समयमा घटनाको प्रभावकारी अनुसन्धानका लागि दुबईमा थप ३ जना व्यक्ति परिचालन गरियो भने नेपालमा पनि कलेजका उच्च पदस्थ व्यक्तिहरु प्रिन्सिपल, डिन र अप्रेसन डाइरेक्टर सहितको ३ जनाको समूह पनि निर्माण गरियो । तत्कालै मृतक विद्यार्थीको नजिकको आफन्त धिरज श्रेष्ठलाई कलेजकै खर्चमा दुबई पठाइयो । तथ्य कुरा थाहा होस् भनेर विद्यार्थीका आफन्त धिरजलाई त्यहाँ पठाइएको थियो । विद्यार्थीको मृत्युपश्चात कलेजको विशेष पहलमा गौरवको शव १ हप्तामै नेपाल ल्याउने सम्भव भएको थियो । अन्यथा ३–४ हप्ता लाग्नु सामान्य नै मान्ने गरिन्छ । यी सबै कुरा सम्भव गर्न कलेजको तर्फबाट ठूलै धनराशी खर्च भएको
छ ।’
विद्यार्थीको मृत्युले कलेज परिवार समेत अत्यन्त दुःखी भएको बताउंदै उसले अनर्गल प्रचारबाजी नगर्न मृतक विद्यार्थीको परिवारलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
विद्यार्थीको मृत्यु अन्य कारणले भएको भए सम्बन्धित व्यक्तिहरू दुबई प्रहरीको कार्वाहीको दायरामा आइसक्ने र सम्बन्धित व्यक्तिहरू नेपाल आउने अनुमति पनि रोकिने जानकारी समेत विज्ञप्तिमा गराइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा