लन्डन । लन्डन बस्दै आएकी गायिका अन्जु श्रेष्ठको आफ्नै रचनामा बिल्कुलै नयां गीत ‘जांदैछु’ को भिडिओ बजारमा आएको छ । उक्त म्यूजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो ।
उक्त गीतमा सुनिल राईको संगीत छ भने चर्चित कलाकारद्वय केकी अधिकारी र बसुन्धरा भुसालको मार्मिक अभिनय छ । राष्ट्रिय कलाकारहरुको सशक्त अभिनय र गीतका कारण उक्त भिडियो दर्शकले रुचाउने विश्वास गायिका श्रेष्ठलाई छ ।
ओखलढुंगामा जन्मिएर गाईघाट र राजबिराजमा हुर्केकी श्रेष्ठ वाल्यकाल देखि नै गीत संगीतमा एकदम रुची राख्थिन् । सानैदेखि गीत, कविता, कथा लेखन, चित्रकला र नाच उनका प्राथमिकता थिए ।
सन् १९९३ मा पहिलो पटक हङकङमा उनको आफ्नै रचनामा गीत रेकर्ड भएको थियो । सन् २००६ मा बेलायत आउनु अघि उनले एउटा गीति एल्बम पनि सार्वजनिक गरेकी थिइन् भने उनको रचनाका गीत अरु कयौं कलाकारले गाइसकेका छन् । हालै बेलायतमा निर्मित चलचित्र ‘एटीन’ मा पनि उनको रचनाको एउटा गीत सामेल छ जसलाई धेरैले रुचाएका छन् । आफ्नो श्रीमान र सन्तानबाट सधैं ‘सपोर्ट’ पाएकाले यस क्षेत्रमा अघि बढ्न सजिलो भएको बताउंछिन् अन्जु ।
उनले ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगितामा आफ्नो एकल अभिनयमा नाटक प्रस्तुत गरेर १६ जनालाई पछि पार्दै ‘मिसेस ट्यालेन्ट’ को उपाधि जितेकी थिइन् । जसमा उनको आफ्नै कथा र निर्देशन थियो । त्यसपछि उनको कथा र निर्देशनमा दुईवटा नाटक बेलायतमा सफलतापूर्वक मञ्चन भए । पहिलो नाटक उनीसहित मिसेस नेपाल यूके २०१७ को टिमले भक्तपुरस्थित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ र दोश्रो नाटक एनआरएनए यूकेले शारीरिक अपांगता भएका व्यक्तिहरुको सहयोगार्थ गरेको थियो जसलाई दर्शकले औधि रुचाएका थिए ।
सन् २०१५ मा नेपालमा गएको महाभूकम्पको दुःख अनि पीडामा केन्द्रित भएर बनाइएको नाटक ‘समयदृश्य’ मा पनि उनले एक पीडितको जीवन्त अभिनय गरेर सबैको मन जितेकी थिइन् । उनी काल्पनिक भन्दा पनि यथार्थलाई प्राथमिकता राखेर गीत लेख्ने गर्छिन् ।
हाल बेलायतमा विभिन्न संघ संस्थामा आवद्ध भएर थुप्रै सामाजिक र च्यारिटी कार्यक्रममा संलग्न उनी समाजका लागि केहि गर्नुपर्छ भन्ने मान्यता राख्छिन् ।
भिडियो-
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण