लन्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटी (जीआरएनसी) ले शनिबार विभिन्न कार्यक्रम गरि नारी दिवस मनाएको छ ।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रम उद्घाटन प्रमुख अतिथि रशमोर बरो काउन्सिलका उपमेयर सु कार्टर, विशेष अतिथि एमपी लियो डोचेर्टी, जीआरएनसी अध्यक्ष जीव बेलबासे, निवर्तमान अध्यक्ष ओम थापा, एनआरएनए आइसीसी सदस्य सुष्मा राई, जीआरएनसी महिला विभाग प्रमुख एवं कार्यक्रम संयोजक लिला सेलिङ र जीआरएनसी महिला विभाग पूर्व प्रमुख पुष्पा गुरुङले पानसमा बत्ति बालेर गरेका थिए । कार्यक्रम लिला सेलिङको अध्यक्षतामा भएको हो ।
कार्यक्रमको पहिलो चरणमा जीआरएनसी महिला विभाग सह-प्रमुख सुष्मा राईले स्वागत मन्तव्य दिइन् भने प्रमुख अतिथि रशमोर बरो काउन्सिलका उपमेयर सु कार्टर, विशेष अतिथि एमपी लियो लगायतले शुभकामना मन्तव्य दिए । अध्यक्ष बेलबासेले शुभकामना मन्तव्य अतिरिक्त जीआरएनसीको स्थानीय प्रहरी प्रशासन, काउन्सिल, रशमोर फायर एण्ड रेस्क्यू सर्भिस, आर्मी, रशमोर भोलेन्टियर सर्भिस र अन्य समुदायसंग सहकार्य, समन्वय, संस्थाको विगत, वर्तमान र भविष्य आदिबारे प्रकाश पारेका थिए भने कार्यक्रम संयोजक लिला सेलिङले सबैलाई धन्यवाद दिंदै पहिलो चरणको कार्यक्रम समापन गरेकी थिइन् ।
कम्युनिटीले विगत केही वर्षदेखि नारी दिवसको अवसर पारेर स्थानीय नेपाली तथा गैर नेपाली समुदाय समेतलाई समेट्ने गरि विभिन्न विद्यामा नारीलाई जनचेतना जगाउन ‘इन्फरमेसन डे’ का रुपमा कार्यक्रम गर्दै आएको छ । यो वर्ष अपराध र रोकथामबारे पिएसओ दुर्गा थापा, गोर्खा वेलफेयरसम्बन्धि सल्लाहकार क्याप्टेन महेन्द्र लिम्बु, क्याप्टेन ग्यारी घले, मेन्टल हेल्थकी सुष्मा गुरुङ, निक्की जेकिङ, फायर एण्ड सेफ्टी इन्सपेक्टर ग्यारथ र टिम, हेल्डी लिभिङकी निशा शर्मा, काउन्सिल इन्फरमेसनकी सुशीला राना, घरेलु हिंसा विभागकी क्यारन इवान, एलिजा गुरुङ लगायतले ’प्रिजेन्टेसन’ दिएका थिए ।
दोस्रो चरणको ‘प्रिजेण्टेसन’ सम्बन्धि सम्पूर्ण कार्यक्रम महासचिव मान गुरुङले सञ्चालन गरेका थिए । ५ सय बढी सहभागी उक्त कार्यक्रमको अन्त्यमा जीआरएनसीको लोगो अंकित केक काटिएको थियो ।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष रामधन राई, कोषाध्यक्ष टोप पल्ली लगायत कार्यसमितिका अधिकांश सदस्यहरु, सल्लाहकारहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार लगायतको सहभागिता थियो ।
कार्यक्रम सफल बनाउन सल्लाहकारहरु, कार्यसमिति, महिला विभाग सह-प्रमुख सुष्मा गुरुङ, प्रवक्ता प्रमिला राई, रोजी राई, अनिता राई, पुष्पा गुरुङ, हल प्रायोजक पुरन गिरी, नारायण गिरी, राज गुरुङ लगायतको सहयोग थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे