बुधबार, माघ ५ २०७८ | Wed, January 19, 2022
नेपालको समय: ०४:०७ | UK Time: 22:22

लन्डनमा सामूहिक बेलविवाह गरिने

वीनेपाली
२०७५ फागुन १९ गते १२:२७

लन्डन । लन्डनमा नेवारी परम्परामा अपरिहार्य मानिने बेलविवाह कार्यक्रम गरिने भएको छ । मतिना फाउन्डेसनले आगामी २६ मेमा लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा तेश्रो कार्यक्रम गर्न लागेको हो । फाउण्डेशनले प्रत्येक दुई वर्षमा यस्तो कार्यक्रम गर्ने गरेको छ ।

सो अवसरमा नेवाः 
पण्डितद्वारा सामूहिक बेल विवाह गरिने फाउण्डेसनका सदस्य नगेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठले सामूहिक इही, बाह्रा र कयता पूजामा आफ्ना वालिकालाई सहभागी गराउन अभिभावकसमक्ष अनुरोध पनि गरे ।

फाउण्डेशनले बेलायतमा पनि नेवा परम्पराको संरक्षण, जगेर्ना तथा निरन्तरताका लागि धार्मिक एवं सांस्कृतिक गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक