
लन्डन । बेलायतका एक जना व्यवसायी सुनिल खड्का यस पटकको नेपाल होलिडे च्यारिटी कर्ममा बिताएर फर्किएका छन् । ‘नेपाल पर्यटन वर्ष २०२०’ को प्रवर्धनसहित एकजना बेलायतीलाई नेपाल घुमाउन संगै लगेका खड्काले नेपालमा मानसिक रोगीहरुका लागि कार्यरत संस्था मानवसेवा आश्रमलाई साढे तीन लाख रुपैयां प्रदान गरे । खड्काले गत १६ फेब्रुअरीमा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई साढे तीन लाख रुपैयांको एक चेक प्रदान गरेका थिए ।
वकिंग नजिक वेष्ट बाइफ्लीटको ‘न्यू हवेली रेष्टुरेन्ट’ का सञ्चालक खड्काले सडकमा बेवारिसे भेटिएका मानसिक रोगीलाई रेखदेख गर्दै आएको संस्थालाई सहयोग गर्न पाउन पाउंदा आफू हर्षित भएको बताए । ‘सानो सहयोगले कसैको मुहारमा खुशी छाउंदा मलाई निकै आनन्द लाग्छ’, खड्काले भने, ‘च्यारिटीसंगै म अहिले नेपालको पर्यटन प्रवर्धनमा पनि लागिरहेको छु ।’
नेपाल जांदा प्रत्येक पटक चन्दा दिएरै फर्कन्छन् सुनिल । गत वर्ष उनले चितवनको आइ बैंकलाई एक लाख ११ हजार एकसय ११ रुपैयां प्रदान गरेका थिए ।
उनले भर्खरमात्र अल्डरसटस्थित शिव कल्चरल सेन्टरलाई शिव मन्दिर स्थापनार्थ एकहजार एक पाउण्ड दिएका थिए ।

१८ वर्षदेखि बेलायत बस्दै आएका खड्का समाजसेवामा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । उनले सन् २०१७ नोभेम्बर दोश्रो साता परफर्ड वेष्ट बाइ फ्लीटमा अवस्थित परफर्ड चर्च अफ इंग्ल्याण्ड प्राइमरी स्कुललाई एकहजार १७ पाउण्ड आर्थिक सहयोग गरेका थिए ।
हालैमात्र ‘रिलोकेट’ गरि सञ्चालनमा ल्याइएको खड्काको ‘न्यू हवेली रेष्टुरेन्ट’ सांसद जोनाथन लर्डले केही महिनाअघि विशेष समारोहबीच उद्घाटन गरेका थिए । चितवन एड ट्रष्ट (क्याट) यूकेका पूर्व उपाध्यक्ष एवं सल्लाहकार खड्का एनआरएन अभियन्ता पनि हुन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा