लन्डन । बेलायतको फार्नबरोस्थित गोर्खा प्यालेस रेस्टुरेण्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा स्थानीय दुई च्यारिटी संस्थालाई ४ हजार २० पाउण्ड सहयोग प्रदान गरेको छ । गत १७ फेब्रुअरी आइतबार रेष्टुरेन्टमा च्यारिटी डिनर गरि रेष्टुरेन्टले स्टेसी एण्ड लुसी फाउण्डेसन र प्यारिटी फर डिसेबिलिटीलाई २ हजार १० पाउण्डका दरले सहयोग प्रदान गरेको हो ।
एनआरएनए यूकेका पूर्व अध्यक्ष एवं समाजसेवी सूर्य गुरुङको स्वामित्वमा छ गोर्खा प्यालेस रेष्टुरेन्ट । रकम प्रदान गरेपछि सञ्चालक गुरुङले ति च्यारिटी संस्थालाई सहयोग गर्न पाउनु आफ्ना लागि गर्व र खुशीको कुरा भएको बताएका छन् ।
उक्त च्यारिटी डिनरमा रेष्टुरेन्टका एकसय नियमित ग्राहकहरु, रसमोर मेयर काउन्सिलर स्टिभ मास्टरसन, लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण, पूर्व मन्त्री तथा सांसद जेराल्ड होवार्थ, काउन्सिलर लिडर डेभिड क्लिफोर्ड लगायतको सहभागिता थियो ।
कार्यक्रममा सहभागीबीच राफल, बिंगो, विभिन्न सामाग्रीको लिलाम बढाबढ र चन्दाबाट ४ हजार २० पाउण्ड संकलन गरिएको हो ।कार्यक्रम सञ्चालन रेस्टुरेण्ट सञ्चालक गुरुङकी १२ वर्षीया छोरी सिल्भिया गुरुङले गरेकी थिइन् ।
सहयोग प्राप्त गर्नेहरुमध्ये प्यारिटी फर डिसेबिलिटी अपांगता भएकाहरुलाई सहयोग गर्दै आएको च्यारिटी हो भने स्टेसी एण्ड लुसी फाउण्डेसन केही वर्ष अघि स्थानीय क्वीन्स एभिन्यू रोडमा सडक दुर्घटनामा ज्यान गुमाएका दुई किशोरी स्टेसी र लुसीको स्मृतिमा सञ्चालित च्यारिटी हो । स्थानीय क्लवमा आवद्ध रहेर अन्तर्राष्ट्रिय स्तरको लामो दौडमा समेत सहभागी बन्दै आएका दुई किशोरीको निधनपछि उनीहरुका आमाबाबुले फाउण्डेसन स्थापना गरेका हुन् ।
सन् १९९९ मा स्थापित गोर्खा प्यालेस रेष्टुरेन्टले वर्षेनी च्यारिटी डिनर गरि नेपाल र बेलायतका च्यारिटी संस्थालाई चन्दा प्रदान गर्दै आएको छ ।
तस्विर- मिलन तमु
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा