लन्डन । बेलायतको फार्नबरोस्थित गोर्खा प्यालेस रेस्टुरेण्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा स्थानीय दुई च्यारिटी संस्थालाई ४ हजार २० पाउण्ड सहयोग प्रदान गरेको छ । गत १७ फेब्रुअरी आइतबार रेष्टुरेन्टमा च्यारिटी डिनर गरि रेष्टुरेन्टले स्टेसी एण्ड लुसी फाउण्डेसन र प्यारिटी फर डिसेबिलिटीलाई २ हजार १० पाउण्डका दरले सहयोग प्रदान गरेको हो ।
एनआरएनए यूकेका पूर्व अध्यक्ष एवं समाजसेवी सूर्य गुरुङको स्वामित्वमा छ गोर्खा प्यालेस रेष्टुरेन्ट । रकम प्रदान गरेपछि सञ्चालक गुरुङले ति च्यारिटी संस्थालाई सहयोग गर्न पाउनु आफ्ना लागि गर्व र खुशीको कुरा भएको बताएका छन् ।
उक्त च्यारिटी डिनरमा रेष्टुरेन्टका एकसय नियमित ग्राहकहरु, रसमोर मेयर काउन्सिलर स्टिभ मास्टरसन, लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण, पूर्व मन्त्री तथा सांसद जेराल्ड होवार्थ, काउन्सिलर लिडर डेभिड क्लिफोर्ड लगायतको सहभागिता थियो ।
कार्यक्रममा सहभागीबीच राफल, बिंगो, विभिन्न सामाग्रीको लिलाम बढाबढ र चन्दाबाट ४ हजार २० पाउण्ड संकलन गरिएको हो ।कार्यक्रम सञ्चालन रेस्टुरेण्ट सञ्चालक गुरुङकी १२ वर्षीया छोरी सिल्भिया गुरुङले गरेकी थिइन् ।
सहयोग प्राप्त गर्नेहरुमध्ये प्यारिटी फर डिसेबिलिटी अपांगता भएकाहरुलाई सहयोग गर्दै आएको च्यारिटी हो भने स्टेसी एण्ड लुसी फाउण्डेसन केही वर्ष अघि स्थानीय क्वीन्स एभिन्यू रोडमा सडक दुर्घटनामा ज्यान गुमाएका दुई किशोरी स्टेसी र लुसीको स्मृतिमा सञ्चालित च्यारिटी हो । स्थानीय क्लवमा आवद्ध रहेर अन्तर्राष्ट्रिय स्तरको लामो दौडमा समेत सहभागी बन्दै आएका दुई किशोरीको निधनपछि उनीहरुका आमाबाबुले फाउण्डेसन स्थापना गरेका हुन् ।
सन् १९९९ मा स्थापित गोर्खा प्यालेस रेष्टुरेन्टले वर्षेनी च्यारिटी डिनर गरि नेपाल र बेलायतका च्यारिटी संस्थालाई चन्दा प्रदान गर्दै आएको छ ।
तस्विर- मिलन तमु
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने