लन्डन – बेलायतको भ्रमणमा रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड बेट्सले नेपालको विकास बारेमा चासो व्यक्त गर्नुभएको छ ।
नेपालमा बेलायती लगानी भित्र्याउने प्रयासमा उक्त देशको भ्रमणमा रहनुभएका उहाँसँग आज हाउस अफ कमन्समा भएको भेटमा राज्यमन्त्री बेट्सले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माण, सङ्घीयता कार्यान्वयन र विकासको बारेमा जिज्ञासा राख्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।
जवाफमा मन्त्री खतिवडाले संविधानसभाबाट जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको बताउँदै समावेशीताको अभ्यास भइरहेको बताउनुभयो । नेपालको संसद्मा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सीमान्तकृत समुदायको एक तिहाइभन्दा बढीको प्रतिनिधित्व रहेको जानकारी दिनुभयो ।
नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउने प्रतिबद्धता राज्यमन्त्री बेट्सले व्यक्त गर्नुभयो । अर्थमन्त्रीले बेलायतका दुई दर्जनभन्दा बढि कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसँग आजै छलफल गरी नेपालमा लगानीको अवसर, वातावरण र प्रतिफल सुनिश्चित रहेको स्पष्ट पार्नुभएको उक्त मन्त्रालयले जनाएको छ ।
आगामी चैत १५ र १६ गते नेपालमा आयोजना हुने लगानी सम्मेलनमा सक्रिया सहभागिताका निम्ति मन्त्री खतिवडाले उद्यमीहरुलाई आग्रह पनि गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख