लन्डन – बेलायतको भ्रमणमा रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड बेट्सले नेपालको विकास बारेमा चासो व्यक्त गर्नुभएको छ ।
नेपालमा बेलायती लगानी भित्र्याउने प्रयासमा उक्त देशको भ्रमणमा रहनुभएका उहाँसँग आज हाउस अफ कमन्समा भएको भेटमा राज्यमन्त्री बेट्सले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माण, सङ्घीयता कार्यान्वयन र विकासको बारेमा जिज्ञासा राख्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।
जवाफमा मन्त्री खतिवडाले संविधानसभाबाट जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको बताउँदै समावेशीताको अभ्यास भइरहेको बताउनुभयो । नेपालको संसद्मा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सीमान्तकृत समुदायको एक तिहाइभन्दा बढीको प्रतिनिधित्व रहेको जानकारी दिनुभयो ।
नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउने प्रतिबद्धता राज्यमन्त्री बेट्सले व्यक्त गर्नुभयो । अर्थमन्त्रीले बेलायतका दुई दर्जनभन्दा बढि कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसँग आजै छलफल गरी नेपालमा लगानीको अवसर, वातावरण र प्रतिफल सुनिश्चित रहेको स्पष्ट पार्नुभएको उक्त मन्त्रालयले जनाएको छ ।
आगामी चैत १५ र १६ गते नेपालमा आयोजना हुने लगानी सम्मेलनमा सक्रिया सहभागिताका निम्ति मन्त्री खतिवडाले उद्यमीहरुलाई आग्रह पनि गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे