लन्डन । नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिउसो लन्डन उत्रिएका छन् । मन्त्री खतिवडा लन्डनस्थित नेपाली दूतावासले २२ फेब्रुअरीका दिन दूतावासमा गर्न लागेको ‘नेपाल विकास सम्मेलन’ मा प्रमुख वक्ताका रुपमा सहभागी हुन लन्डन आएका हुन् ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष अर्थशास्त्री डा. खतिवडाले सम्मेलनमा नेपाल सरकारको वैदेशिक लगानी नीति र वर्तमान अवस्थाबारे बेलायतका व्यापारीलाई जानकारी दिने अपेक्षा गरिएको छ । नेपाल सरकारले आउंदो महिना नेपालमा लगानी सम्मेलन गर्ने घोषणा गरिसकेको अवस्थामा बेलायती व्यापारीहरुलाई उक्त सम्मेलनमा आकर्षित गर्ने उद्देश्य पनि अर्थमन्त्रीको रहेको जनाइएको छ ।
अर्थमन्त्री डा. खतिवडा बुधबार सांझ नै एनआरएनए यूकेले लन्डनमा गरेको अन्तरक्रियामा सहभागी भए । दुई दिन लन्डनमा रहंदा उनले डिएफआइडी मन्त्रीसहित केही बेलायती उच्च पदस्थ पदाधिकारीहरुलाई समेत भेट्ने कार्यक्रम छ ।
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख