लन्डन । नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिउसो लन्डन उत्रिएका छन् । मन्त्री खतिवडा लन्डनस्थित नेपाली दूतावासले २२ फेब्रुअरीका दिन दूतावासमा गर्न लागेको ‘नेपाल विकास सम्मेलन’ मा प्रमुख वक्ताका रुपमा सहभागी हुन लन्डन आएका हुन् ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष अर्थशास्त्री डा. खतिवडाले सम्मेलनमा नेपाल सरकारको वैदेशिक लगानी नीति र वर्तमान अवस्थाबारे बेलायतका व्यापारीलाई जानकारी दिने अपेक्षा गरिएको छ । नेपाल सरकारले आउंदो महिना नेपालमा लगानी सम्मेलन गर्ने घोषणा गरिसकेको अवस्थामा बेलायती व्यापारीहरुलाई उक्त सम्मेलनमा आकर्षित गर्ने उद्देश्य पनि अर्थमन्त्रीको रहेको जनाइएको छ ।
अर्थमन्त्री डा. खतिवडा बुधबार सांझ नै एनआरएनए यूकेले लन्डनमा गरेको अन्तरक्रियामा सहभागी भए । दुई दिन लन्डनमा रहंदा उनले डिएफआइडी मन्त्रीसहित केही बेलायती उच्च पदस्थ पदाधिकारीहरुलाई समेत भेट्ने कार्यक्रम छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण