लन्डन । बेलायतस्थित नेपाली चिकित्सक र नर्सहरुले संयुक्त रुपमा स्वास्थ्य परिक्षण, सचेतना तथा परामर्श कार्यक्रम गरेका छन् । नेपलिज डक्टर्स एसोसिएसन यूके (एनडिए यूके) र नेपलिज नर्सिङ एसोसिएसन यूके (एनएनए यूके) ले गत १६ फेब्रुअरी शनिबार कोलचेस्टरमा उक्त कार्यक्रम गरेका हुन् । सो अवसरमा स्थानीय नेपाली समुदायको स्वास्थ्य परिक्षण गरि विभिन्न परामर्श दिइयो । कार्यक्रममा विशेषगरि भूतपूर्व ब्रिटिश गोर्खाहरुको बाहुल्यता थियो ।
उक्त कार्यक्रम उद्घाटन एनडिए अध्यक्ष एवं कन्सल्टेन्ट न्यूरोसर्जन डा. सविनमान जोशी, एनडिए पूर्व अध्यक्ष तथा कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. चुडा कार्कीले पानसमा दीप प्रज्वलन गरि गरेका थिए । उद्घाटनमा कोलचेस्टर नेपलिज सोसाइटी अध्यक्ष उदयबहादुर गुरुङ र एनएनए महासचिव रस्मिता दर्लामी पनि सामेल रहे ।
उक्त अवसरमा स्वागत मन्तव्य दिंदै एनडिए महासचिव, कार्यक्रम संयोजक तथा कन्सल्टेन्ट जनरल सर्जन डा. कमल अर्यालले नेपाली समुदायमा स्वास्थ्य सचेतना, रोगबारे जानकारी र निशुल्क परिक्षण कार्यक्रमको उद्देश्य भएको अवगत गराए । डा. अर्यालका अनुसार, पहिलो सत्रमा सचेतना तथा दोश्रो सत्रमा विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण र परामर्श दिइएको थियो । नेपाली चिकित्सक र नर्सहरुसंग आफ्नै भाषामा अन्तरक्रिया एवं परिक्षण भएकाले नेपाली समुदाय लाभान्वित भएको महासचिव डा. अर्यालले जनाए ।
स्वास्थ्य सचेतनामा करि एकसय ५० जना सहभागी भए भने विशेषज्ञहरुबाट ८७ जनाले स्वास्थ्य परिक्षण तथा परामर्श लिए । सहभागीले विशेषगरि ब्लड प्रेसर, डायबेटिज र मुटु रोग सम्बन्धि जिज्ञासा राखेका थिए । यस अलवा दन्त सेवा, छातीको समस्या, मानसिक स्वास्थ्य, महिलामा हुने क्यान्सर, एनएचएस सेवा लिने तरिका र कुनै स्वास्थ्य समस्या आइपरे इमरजेन्सीमा अपनाउनुपर्ने सावधानीबारे पनि छलफल गरिएको थियो ।
कार्यक्रममा यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष तथा जनरल प्राक्टिसनर (जिपी) डाक्टर राघवप्रसाद धिताल (ओबिइ) ले सन्तुलित भोजन, नुन र चिनी कम सेवन तथा नियमित व्यायामले मानिस स्वास्थ्य रहने बताए । डा. धितालले पछिल्लो वर्ष बेलायतमा नेपाली जनसंख्या बढिरहेको उल्लेख गर्दै उनीहरुलाई ‘एनएचएस’ सुविधा कसरी लिने भन्नेबारे असहज भइरहेको बताए ।
एनडिए र एनएनएले आपसी सहकार्यमा यस्ता कार्यक्रम बेलायतमा वर्षेनी गर्दै आएका छन् । यसअघि नेपाली उल्लेख्य रहेका शहर क्याट्रिक र फार्नबोरोमा समेत स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम गरिएको थियो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त