लन्डन । गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले वैदेशिक रोजगारमा रहेका गैर आवासीय नेपालीहरुलाई त्रिभुवन विमानस्थलमा भइरहेको दुरव्यहारले आफूलाई दुःखी बनाएको जनाएका छन् । त्यस्तो व्यवहार तत्काल बन्द गरिनुपर्ने आचार्यको माग छ । ‘वैदेशिक रोजगारलाई व्यवस्थित गर्दै नेपाल फर्कंदा झिटीगुण्टा लिएर घर फर्किने पुरानो चलन यथावत कायम रहनु पर्दछ भन्ने हाम्रो मान्यता हो’, एक विज्ञप्ति प्रकाशित गर्दै आचार्यले भनेका छन्, ‘गैर आवासीय नेपाली संघले वैदेशिक रोजगारमा गएका गैर आवासीय नेपालीहरुप्रति आफ्नो साथ समर्थन रहेको एउटा विज्ञप्तिद्वारा सार्वजनिक गरिसकेको छ । विश्वका ८० देशमा रहेका करिब ४५ लाख नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था भएकाले वैदेशिक रोजगारीमा रहेका साथीहरुको समस्या समाधान गर्ने जिम्मेवारी पनि गैर आवासीय नेपाली संघको हो । अध्यक्ष भवन भट्टको नेतृत्वमा संघको टिमले समस्या समाधानको लागि सरोकारवालाहरुसंग निरन्तर छलफल गरिरहेकोले यसको सकारात्मक परिणाम छिट्टै आउने हामीले विश्वास लिएका छौं ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मैले पनि व्यक्तिगत तवरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार तथा अध्यागमन विभाग र सरोकारवालाहरुसंग यो समस्यालाई यथाशिघ्र समाधान गर्न अनुरोध गरिरहेको छु। हालै बेलायतको भ्रमणमा आउनुभएका अध्यागमन विभागका महानिर्देशक इश्वरराज पोख्रेलले हामीसंगको भेटघाटमा गैरआवासीय नेपालीहरुकालागि छुट्टै डेस्क राख्नेबारे छिट्टै निर्णय गरिने बताउनुभएको पनि स्मरण गराउन चाहन्छु ।’
आउंदो साता लण्डन आउन लागेका अर्थमन्त्री डा. युवराज खतिवडासंग पनि यो विषय उठाउने आचार्यले बताएका छन् ।
‘वैदेशिक रोजगारमा जाने गैर आवासीय नेपालीहरुको समस्यासंग हामी धेरै नजिकबाट परिचित छौं र यो समस्याको दीगो समाधान छिट्टै होस् भन्ने पक्षमा लागिरहेका छौं’, विज्ञप्तिमा छ, ‘देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको वैदेशिक रोजगार क्षेत्रमा कृयाशील नेपालीहरुको समस्या समाधानकालागि नेपाल सरकारले छिट्टै निर्णय लिने छ भन्ने पनि हामीले विश्वास लिएका छौं ।’
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’