लन्डन । गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले वैदेशिक रोजगारमा रहेका गैर आवासीय नेपालीहरुलाई त्रिभुवन विमानस्थलमा भइरहेको दुरव्यहारले आफूलाई दुःखी बनाएको जनाएका छन् । त्यस्तो व्यवहार तत्काल बन्द गरिनुपर्ने आचार्यको माग छ । ‘वैदेशिक रोजगारलाई व्यवस्थित गर्दै नेपाल फर्कंदा झिटीगुण्टा लिएर घर फर्किने पुरानो चलन यथावत कायम रहनु पर्दछ भन्ने हाम्रो मान्यता हो’, एक विज्ञप्ति प्रकाशित गर्दै आचार्यले भनेका छन्, ‘गैर आवासीय नेपाली संघले वैदेशिक रोजगारमा गएका गैर आवासीय नेपालीहरुप्रति आफ्नो साथ समर्थन रहेको एउटा विज्ञप्तिद्वारा सार्वजनिक गरिसकेको छ । विश्वका ८० देशमा रहेका करिब ४५ लाख नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था भएकाले वैदेशिक रोजगारीमा रहेका साथीहरुको समस्या समाधान गर्ने जिम्मेवारी पनि गैर आवासीय नेपाली संघको हो । अध्यक्ष भवन भट्टको नेतृत्वमा संघको टिमले समस्या समाधानको लागि सरोकारवालाहरुसंग निरन्तर छलफल गरिरहेकोले यसको सकारात्मक परिणाम छिट्टै आउने हामीले विश्वास लिएका छौं ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मैले पनि व्यक्तिगत तवरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार तथा अध्यागमन विभाग र सरोकारवालाहरुसंग यो समस्यालाई यथाशिघ्र समाधान गर्न अनुरोध गरिरहेको छु। हालै बेलायतको भ्रमणमा आउनुभएका अध्यागमन विभागका महानिर्देशक इश्वरराज पोख्रेलले हामीसंगको भेटघाटमा गैरआवासीय नेपालीहरुकालागि छुट्टै डेस्क राख्नेबारे छिट्टै निर्णय गरिने बताउनुभएको पनि स्मरण गराउन चाहन्छु ।’
आउंदो साता लण्डन आउन लागेका अर्थमन्त्री डा. युवराज खतिवडासंग पनि यो विषय उठाउने आचार्यले बताएका छन् ।
‘वैदेशिक रोजगारमा जाने गैर आवासीय नेपालीहरुको समस्यासंग हामी धेरै नजिकबाट परिचित छौं र यो समस्याको दीगो समाधान छिट्टै होस् भन्ने पक्षमा लागिरहेका छौं’, विज्ञप्तिमा छ, ‘देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको वैदेशिक रोजगार क्षेत्रमा कृयाशील नेपालीहरुको समस्या समाधानकालागि नेपाल सरकारले छिट्टै निर्णय लिने छ भन्ने पनि हामीले विश्वास लिएका छौं ।’
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा