स्कटल्याण्ड । एनआरएन स्कटल्याण्ड राज्य समन्वय समितिका अध्यक्ष मोहन कार्कीको पहल र समन्वय तथा स्थानीय फलक्रिक काउन्सिलसंगको साझेदारीमा फोर्थ भ्याली नेप्लिज एसोसिएसन गठन भएको छ ।
एसोसिएसनको अध्यक्षमा एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्की, सचिवमा चन्द्र कश्यप, कोषध्यक्षमा कमला ग्रीन र सदस्यहरुमा हेम श्रेष्ठ, दिपेन्द्र श्रीष र सञ्जय खड्का रहेका छन् ।
समिति गठन समारोहमा फलक्रिक काउन्सिलका चार्ली हास्टी, मिसेल कनीन्हम, फ्रयांक मक्कोर तथा सेन्ट्रल रिजन इक्वेलिटी काउन्सिल स्कटल्याण्डका लोरा मालिस, अरुण गोपीनाथको उपस्थिति थियो ।
समितिका अध्यक्ष कार्कीले स्थानीय फलक्रिक काउन्सिल र स्कटिस सरकारको समन्वयमा एसोसिएसनले कार्यहरु गर्ने बताए । स्थानीय काउन्सिलको साझेदारका रुपमा रहेर नेपाली समाज गठन हुनु नौलो कुरा रहेको र समितिलाई काउन्सिलले फन्डिङ्ग गर्न शुरु गरिसकेको कार्कीले बताए । कार्कीले नेपाली हिन्दू मन्दिरका लागि काउन्सिललाई आग्रह गरेको र काउन्सिलले चांडै भवन उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेको बताए ।
काउन्सिलले तत्काल नेपाली समाजलाई वातावरण मैत्री बनाउन साइकलहरु वितरण गर्ने, वातावरण मैत्री कार ड्राइभिङ्गको तालिम दिने पनि उनले जनाए । त्यस्तै सेन्ट्रल रिजन इक्वेलिटी काउन्सिल स्कटल्याण्डसंगको साझेदारीमा हेट क्राइम र डिसक्रिमिनेसन तालिम चांडै शुरु गर्ने योजना पनि छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे