स्कटल्याण्ड । एनआरएन स्कटल्याण्ड राज्य समन्वय समितिका अध्यक्ष मोहन कार्कीको पहल र समन्वय तथा स्थानीय फलक्रिक काउन्सिलसंगको साझेदारीमा फोर्थ भ्याली नेप्लिज एसोसिएसन गठन भएको छ ।
एसोसिएसनको अध्यक्षमा एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्की, सचिवमा चन्द्र कश्यप, कोषध्यक्षमा कमला ग्रीन र सदस्यहरुमा हेम श्रेष्ठ, दिपेन्द्र श्रीष र सञ्जय खड्का रहेका छन् ।
समिति गठन समारोहमा फलक्रिक काउन्सिलका चार्ली हास्टी, मिसेल कनीन्हम, फ्रयांक मक्कोर तथा सेन्ट्रल रिजन इक्वेलिटी काउन्सिल स्कटल्याण्डका लोरा मालिस, अरुण गोपीनाथको उपस्थिति थियो ।
समितिका अध्यक्ष कार्कीले स्थानीय फलक्रिक काउन्सिल र स्कटिस सरकारको समन्वयमा एसोसिएसनले कार्यहरु गर्ने बताए । स्थानीय काउन्सिलको साझेदारका रुपमा रहेर नेपाली समाज गठन हुनु नौलो कुरा रहेको र समितिलाई काउन्सिलले फन्डिङ्ग गर्न शुरु गरिसकेको कार्कीले बताए । कार्कीले नेपाली हिन्दू मन्दिरका लागि काउन्सिललाई आग्रह गरेको र काउन्सिलले चांडै भवन उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेको बताए ।
काउन्सिलले तत्काल नेपाली समाजलाई वातावरण मैत्री बनाउन साइकलहरु वितरण गर्ने, वातावरण मैत्री कार ड्राइभिङ्गको तालिम दिने पनि उनले जनाए । त्यस्तै सेन्ट्रल रिजन इक्वेलिटी काउन्सिल स्कटल्याण्डसंगको साझेदारीमा हेट क्राइम र डिसक्रिमिनेसन तालिम चांडै शुरु गर्ने योजना पनि छ ।
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख