फोक्स्टन । यही २ फेब्रुवरी, शनिवार साँझ फोक्स्टनस्थित हार्बी ग्रामर स्कूलको हलमा क्यान्सर पीडित ५ वर्षीया बालिका माया नाशको उपचार खर्च जुटाउन नेपाली खानासहित एक च्यारटी डिनर आयोजना गरियो । बाग्लुङ समाज युके र फोक्स्टन नेपाली समाजका पूर्व अध्यक्ष एवम् समाजसेवी दीपककुमार काउचाको विशेष पहल र सक्रियतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
चिकित्साशास्त्रका अनुसार न्युरोबलास्टोमा नामक भयानक क्यान्सर विशेष गरी बाल्यावस्थामा देखिने रोग हो । बालिका माया नाशमा यो रोग उनी तीन वर्षकी हुँदा देखिएको थियो । मायाको उपचार युकेमै भइरहे पनि रोगको अवस्थालाई थप बढ्नबाट रोकथाम गर्ने काम मात्र भइरहेको छ । यस रोगको पूर्ण उपचार यहाँ सम्भव छैन । चिकित्सकहरूले यसको पूर्ण उपचारका लागि अमेरिकाको न्युयोर्कमा मात्र सम्भव हुने कुरा मायाका बाबा आमालाई सल्लाह दिएका छन् । यसको उपचार खर्च २ लाख ४३ हजार पौण्ड लाग्ने कुरा पनि प्रष्ट्याएका छन् ।
क्यान्सर पीडित बालिका मायाका बाबाआमाले मायालाई यस रोगबाट मुक्त गराउनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगका लागि याचना गरिरहेका छन् । यस्तो आर्थिक सहयोगको याचना पढेपछि दीपककुमार काउचा आफूले पनि जसरी र जति हुन्छ सहयोग गर्ने अठोट लिए । साथीभाइहरूको सरसल्लाह र सहकार्यबाट मानवीय कर्तव्यको महत्व राख्ने यो च्यारिटी डिनरको आयोजना गर्न सम्भव भएको हो । यस प्रकारका कार्यक्रम र सहयोगबाट उपचारार्थ रकम उठ्न सके बालिकामायालाई एक सबल जीवन बाँच्न सहयोग पुग्नेछ ।
बेलुका झन्डै ६ बजेदेखि सुरु भएको उक्त च्यारिटी डिनर साँझमा स्थानीय नेपाली समुदाय, १ आरजीआरमा सेवारत दाजुभाइ, फोक्स्टन मेयरका साथै स्थानीय काउन्सिलरहरूसहित झन्डै दुई सयजनाको उपस्थिति थियो । स्थानीय कलाकारहरूद्वारा नेपाली संस्कृति झल्किने विभिन्न नृत्य र केही गीतहरु पनि प्रस्तुत गरिएका थिए । विभिन्न सामानहरूको अक्सन र राफल ड्र गरेर उक्त साँझमा ५ हजार ५५६ पौण्ड जति रकम उठेको थियो । उठेको सम्पूर्ण रकम बालिका मायाको उपचारका लागि प्रदान गरिसकिएको जानकारी आयोजक दिपक काउचाले बताए ।
बेलायतमा अचेल विभिन्न व्यक्ति र नेपाली संघसंस्थाहरूले आफ्नो फुर्सद निकालेर विभिन्न सहयोगका लागि यस्ता च्यारिटी कार्यक्रमहरू आयोजना गर्दै आए पनि यो च्यारिटी डिनर साँझ अत्यन्त पृथक रहेको र सफल भएको भनी धेरैले प्रशंसा गरेका छन् ।
माया नाशको बाबा आमा बेलायती नागरिक हुन् । यस्ता खाले च्यारिटी कार्यक्रम आयोजनाले हामी नेपाली मूल र अन्य मूलका समुदायबीचको अन्तरसम्बन्ध बलियो बनाउन सहयोग मिल्ने कुरामा विश्वास गर्न सकिन्छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत