
लन्डन, २७ माघ – बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रुपमा त्याग गरेको घोषणा गर्नुभएको छ ।
गत महिना फिलिप आफैंले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा बुढ्यौली उमेरमा सवारी चलाउने बारेमा बहस शुरु भएको थियो । सन्तानब्बे वर्षीय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुनुहुन्छ ।
बकिङ्घम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स्वेच्छिक रुपमा लाइसेन्स त्याग गर्नुभएको जनाएको छ ।
प्रहरीले राजदरबारको बाहिरपट्टि भएको उक्त दुर्घटनासम्बन्धी फाइल अभियोजनकर्ता समक्ष पठाएको जनाएको छ । “नर्फोक प्रहरीले ल्यान्ड रोभर जीपका ९७ वर्षीय चालकले स्वेच्छिक रुपमा लाइसेन्स फिर्ता गर्नुभएको छ,” प्रहरीले पुष्टी गरेको छ- “राजदरबार बाहिरको सान्ड्रिन्घाममा फिलिपले हाँकेको गाडी अर्को गाडीसँग ठोक्किएको र त्यससम्बन्धी प्रतिवेदन राजदरबारका अभियोजन सेवा (सीपीएस) समक्ष पठाइएको छ ।”
सीपीएसका एक जना प्रवक्ताले घटनामा राजकुमारको नाम जोडिएकाले त्यसै अनुरुप घटनाका बारेमा छानबिन गरिने बताएका छन् । तर प्रहरीले फिलिपमाथि कारबाही गर्ने सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरुले बताएका छन् ।
फिलिपको जीपले किया कारलाई ठक्कर दिएको थियो । प्रहरीले किया कारको पछिल्लो सिटमा रहेका बालकलाई भने केही भएको छैन । कारमा सबार एक महिलाको कम्मर भाँचिएको र घुँडामा चोट लागेको छ ।
राजकुमार फिलिपले सन् २०१७ देखि सार्वजनिक जीवनबाट अवकाश लिनुभएको थियो । उहाँको गत वर्ष अप्रिलमा पिठ्युँ प्रतिस्थापन शल्यक्रिया गरिएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने