लन्डन । ब्रिटिश राजनीतिज्ञहरुले सामाजिक सन्जाल चलाउने कम्पनीहरुलाई ती सन्जालका प्रयोगकर्ताहरुको हितको ख्याल गर्ने जिम्मेवारी पुरा गर्न आव्हान गरेका छन् ।
ब्रिटिश संसदको विज्ञान तथा प्रविधि समितिले गत साता प्रकाशित गरेको एक प्रतिवेदनमा सामाजिक सन्जाल सन्चालन गर्ने कम्पनीहरुले प्रयोगकर्ताको स्वास्थ्य तथा सुरक्षामाथि ध्यान पुराउन कानुन बनाउन आवश्यक रहेको जनाइएको छ । सामाजिक सन्जालमा प्रकाशित गरिने हानीकारक सामग्रीहरुको अनुगमन नगरिने तथा इन्टरनेटबाट अरुलाई हतोत्साही गराउने समस्याहरु देखिएको सो प्रतिवेदनले जनाएको छ ।
सांसदहरुले सामाजिक सन्जाल सञ्चालन गर्ने कम्पनीहरुमाथि अनुगमन गर्न एउटा नयां नियामक निकाय बनाउन तथा आचारसंहिता पालना नगर्ने कम्पनीहरुविरुद्ध जरिवाना गर्ने अधिकार दिन पनि माग गरेका छन् ।
समितिले दिएको सुझावमा नयां बन्ने कानुनको उल्लंघन गर्ने कम्पनीका निर्देशकहरुलाई क्षतिपूर्ति तिर्न वाध्य बनाउनुपर्ने कुरा पनि उल्लेख छ ।
समितिले सामाजिक सन्जालको अत्यधिक प्रयोग गर्ने मानिसहरुमा निन्द्राको ढांचा खल्बलिने, आफ्नै शरीरप्रति असन्तुष्टि बढ्ने, यौन फाइदाकालागि बालबालिकालाई प्रयोग गर्ने जस्ता समस्याहरु पाइएको प्रमाणहरु संकलन गरेको थियो ।
एक प्रेस वक्तव्यमा विज्ञान तथा प्रविधि समितिका अध्यक्ष नर्मन ल्याबले भने, ‘हामीले जतिसक्दो चांडो एउटा स्वतन्त्र, वैधानिक नियामक निकाय गठन गर्नुपर्छ र कानुनको पालना नगर्ने कम्पनीहरु विरुद्ध सरकारले कडा र प्रभावकारी कारवाही गर्नुपर्छ ।’
सिएनबीसीडटकमलाई इमेलबाट जवाफ दिंदै ब्रिटेनको संस्कृति, सन्चार तथा खेलकुद मन्त्रालयका एकजना प्रवक्ताले नयां कानुन बनाउने सम्बन्धमा सरकारले छिट्टै एउटा श्वेतपत्र जारी गर्ने बताए । उनले उक्त श्वेतपत्रमा सामाजिक सन्जाल कम्पनीका जिम्मेवारीहरु स्पष्ट रुपमा उल्लेख गरिने र ती जिम्मेवारी पुरा नगर्ने कम्पनीलाई के कारवाही गर्ने भन्ने पनि उल्लेख गरिने जनाए ।
ब्रिटेनमा बालबालिकाको हितमा काम गर्ने कल्याणकारी संस्था एनएसपिसिसीले कम्पनीहरुले उनीहरुका साइट प्रयोग गर्नेहरुमाथि हुनसक्ने जोखिमहरुबारे हरेक ६-६ महिनामा प्रतिवेदन प्रकाशित गर्नुपर्ने गरी कडा कानुन ल्याउन माग गरेको छ ।
यद्यपि इन्टरनेटमा आधारित कम्पनीहरुको संस्था टेकयुकेका उप प्रमुख कार्यकारी अधिकृत एन्टनी वाकरले कडा प्रतिवन्ध नलगाइ जोखिम कसरी सम्बोधन गर्ने भन्ने सन्तुलन मिलाउन निकै कठिन हुने बताए ।
सन् २०१७ मा लण्डनको एक विद्यालयमा पढ्ने १४ वर्षीय बालिका मोली रसेलले आत्महत्या गरेपछि उनका पिताले आफ्नी छोरीको मृत्युकालागि सामाजिक सन्जाल इन्स्टाग्रामलाई दोष लगाएका थिए । त्यसयता ब्रिटेनमा सामाजिक सन्जालहरुलाई अनुगमन गरिनुपर्ने माग बढ्दै गएको छ ।
यसैबीच ब्रिटेनको अर्को नियामक निकाय अफकमले सन् २०१८ मा सामाजिक सन्जाल फेसबुकको लोकप्रियता खस्केको जनाएको छ । आफ्नो वार्षिक प्रतिवेदमा उसले सन् २०१७ मा एउटा सामाजिक सन्जाल एकाउन्ट रहेका १२ देखि १५ वर्ष उमेर समूहका ब्रिटिश बालबालिकामध्ये ७४ प्रतिशतले फेसबुक प्रयोग गर्ने गरेकोमा सन् २०१८ मा त्यो ७२ प्रतिशतमा झरेको बताएको छ । तर, फेसबुककै स्वामित्वमा रहेको सामाजिक सन्जाल इन्स्टाग्राममा भने सोही उमेर समूहका प्रयोगकर्ताको संख्या सन् २०१७ मा १४ प्रतिशत रहेकोमा सन् २०१८ मा त्यो बढेर २३ प्रतिशत पुगेको अफकमले जनाएको छ ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक